मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

विश्वमै सबै भन्दा लामो नाक भएका यी व्यक्ति को हुन् ?

काठमाडौं । दुनिया¥मा चर्चित हुनका लागि कहिलेकाहीँ आफ्नो नाकले पनि मद्दत गर्दो रहेछ । टर्कीका मेहमेत ओजियुरेक आफ्नो नाककै कारण विश्व किर्तिमानी हा¥सिल गर्न सफल भएका छन् ।

ओजियुरेकको नाकले विश्वको सबैभन्दा लामो नाकको रुपमा गिनिज बुकमा नाम लेखा¥उन सफल भएको छ । झ अनौठो त के भने हाल ७१ वर्ष उमेरको भैसकेका ओजियुरेकको नाक अहिलेपनि लगातार बढिरहेको छ । त्यसैले उनको नाक भविष्यमा अझै लामो हुनेछ ।

उनले ११ वर्षअघि का¥यम गरेको लामो नाकको विश्व किर्तिमान अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । उनले यो किर्तिमान सन् २०१० को मार्चमै कायम गरेका हुन् । उनको नाकको लम्बाई ८.८ सेन्टिमिटर रहेको छ । अ¥र्थात् उनको अनुहार भन्दा साढे ३ इन्च परसम्म नाक फैलिएको छ ।

ओजियुरेकको नाक संसा¥रमा जिवित व्य¥क्तिहरुमा सबैभन्दा लामो नाक हो । तर मानव इतिहासमा सबैभन्दा लामो नाकको किर्तिमान चाहीँ बेलायतका थोमस वेडर्सको छ । हाल मृत्यु भइसकेका थोमसको नाकको लम्बाई १९ सेन्टिमिटर थियो, जुन कल्पनै गर्न नसकिने लम्बाई हो ।एजेन्सीको सहयोगमा

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?