मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“मन्त्री नपाएपछि, नि’रा’श, भएका नारायणकाजी’ श्रेष्ठले पाए, नयाँ’ जिम्मेवारि,

काठमाण्डौ/ पूर्व पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई नयाँ जिम्मेवारी दिएको छ । माओवादी केन्द्रले विदेश विभाग प्रमुख परिवर्तन गर्दै नेता नारायणकाजी श्रेष्ठले आफुलाई विभाग नदिएको भन्दै अ,स,न्तु,ष्टि जनाएपछि उनलाई विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।”

“स्थायी समिति असोज १३ मा बसेको बैठकले यसअघि नेता राम कार्कीलाई विभागको प्रमुख बनाएको थियो । श्रेष्ठलाई माओवादीले प्रवक्ताबाट हटाएर प्रवाश विभागको इन्चार्जको जिम्मेवारी दिएको थियो । जसलाई पार्टीभित्र घटु”वा गरिएको” रुपमा हेरिएको थियो ।”

“माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षरमा जारी गरिएको नयां परिपत्रमा कार्यविभाजनलाई सच्याइएको भन्दै श्रेष्ठलाई प्रमुख र कार्कीलाई उपप्रमुखको” जिम्मेवारी दिइएको उल्लेख छ ।”

“श्रेष्ठ र कार्की दुवै जना यसअघि माओवादीको विदेश विभागको प्रमुख बनिसकेका छन् । कार्की अहिले माओवादी केन्द्रको प्रदेश नम्बर १ को इन्चार्जको जिम्मेवारीमा छन् । कार्कीले विदेश मामिलाका जानकार र माओवादी निकट पूर्व राजदूतहरुला,ई विभागमा राखेर प्रभावकारी काम गर्न सुरुवात गरेका थिए । तर, उनलाई उपप्रमुखमा घ,टुवा गरिएको छ ।”

“श्रेष्ठ विदेश विभागको प्रमुख हुंदा विभागमा आफ्नो सचिवालयका सदस्य र गुटका कार्यकर्ताहरुलाई मात्र राख्ने गरेको र कुनै प्रभावकारी काम गर्न नसकेको भन्दै अध्यक्ष दाहाल उनलाई त्यो जिम्मेवारी नदिनेमा थिए । त्यतिमात्र होईन विदेशमा समेत पार्टी र नेतृत्वको भन्दा आफ्नो सम्बन्धलाई मात्र विस्तार, गर्न श्रेष्ठले विभागलाई उपयोग गरेको दाहालको बुझाई रहेको बताइन्छ ।”

“सरकारमा जान श्रेष्ठले धेरै प्रयास गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री नबनाउने अ,डान ,राखेपछी उनको ढोका बन्द भएको थियो । उनि उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्ने योजनामा थिए । तर, दाहालले सुरुमै पम्फा भुषाल र जनार्दन शर्मालाई पार्टी निर्णय विना नै मन्त्री बनाएपछि श्रेष्ठ असन्तुष्ट थिए ।””

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?