मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चीन र पाकिस्तानवि’रुद्ध गोर्खा सेनाको प्रयोग रोक्न सरकारलाई ज्ञा’पनपत्र बुझाइयो!

जेठ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारत सरकारले गोर्खा सेनालाई छिमेकी मुलु’क चीन र मित्र राष्ट्र पाकिस्तान र बंगलादेशलगायतका राष्ट्रका विरुद्धमा प्रयोग गर्न नदिन आवश्यक पहल गर्न माग गर्दै आज सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा ज्ञा’पन पत्र बुझाएको छ ।

अध्यक्ष फणीन्द्र नेपाल र कोषाध्यक्ष नविना खड्काले आज परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई बुझाएको ज्ञापन पत्रमा भारतीय गोर्खा सेना सम्बन्धी नेपाल, बेलायत र भारतबीच सन् १९४७ नोभेम्बर ९ मा भएको त्रिपक्षीय सन्धि रद्द गर्न र नेपालका छिमेकी तथा मि’त्रराष्ट्र चीन र पाकिस्तानवि’रुद्ध गोर्खा सैनिकको प्रयोग रोक्न भारतसंग कुटनीतिक संवाद गर्न माग गरिएको छ ।

ज्ञापन पत्रमा भारतले श’त्रु ठानेका राष्ट्रहरू नेपालका मित्र भएका हुँदा ती मित्रराष्ट्रविरुद्ध नेपाली नागरिकहरु सहभागी भएको गोर्खा सैनिक प्रयोग गर्नु गलत हो भन्दै यु’द्धमा मारिएका गोर्खा सैनिकको शव घरपरिवारलाई जिम्मा नलगाउनु अमानवीय भएको कुरा ज्ञापनपत्रमा उठाइएको छ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सं’सद्मा व्यस्त हुनुभएको भनिएकाले प’रराष्ट्र मन्त्रालय अन्तर्गत भारत हेर्ने विभाग अर्थात सार्क महाशाखाका प्रमुख सहसचिव यज्ञबहादुर हमाललाई ज्ञापनपत्र बुझाइएको मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले जानकारी दिनुभयो ।ज्ञापनपत्रको बोधार्थ चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका विदेश मामिलासम्बन्धी मन्त्रीलाई पनि दिइएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?