मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हार्दिक बधाई!उत्कृष्ट कार्य सम्पादन गरे बापत नरेन्द्र कार्की लगायत ७ कर्मचारी भए रामप्रसादराई गाउँपालिकाबाट सम्मानित

1 min read

छबिलाल सुवेदी, मेचीमहाकाली,भोजपुर। रामप्रसादराई गाउँपालिकाले आ.ब. ०७७/०७८ मा संचालन गरेको योजना तथा कार्यक्रमको समिक्षा आ.ब. ०७८/०७९ मा संचालन हुने योजना तथा कार्यक्रमको कार्यान्वयन प्रगतिका सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विभिन्न पदमा रहेका ८ कर्मचारीहरुलाई सम्मान गरेको गाउँपालीकाले पेअस विज्ञप्ति मार्फत जानकारी दिएको छ । सम्मान पाउँनेमा षडानन्द नगरपालिका-११ निवासी नरेन्द्र कार्की(नायव पशु प्राविधिक) पनि छन् । उनले उत्कृष्ट कार्य सम्पादन गरे वापत उक्त गाउँपालीकाले सम्मान गरेको हो।

यस्तो छ गाउँपालीकाले निकालेको प्रेस विज्ञप्ति :यस रामप्रसादराई गाउँपालिकाले आ.ब. ०७७/०७८ मा संचालन गरेको योजना तथा कार्यक्रमको समिक्षा आ.ब. ०७८/०७९ मा संचालन हुने योजना तथा कार्यक्रमको कार्यान्वयन प्रगतिका सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ मिति २०७८/०६/२३ गते शनीवारको दिन विहान १० बजेवाट शुरु भएको उक्त कार्यक्रमको अध्यक्षता रामप्रसादराई गाउँपालिकाको अध्यक्ष श्री विजय राईले गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिको उपप्रमुख श्री • अनिसा खड्का, विशेष अतिथिको रुपमा जिल्ला समन्वय समितिको सदस्य श्री बाबुराम बन्जाराको उपस्थिति रहेको थियो ।

गाउँ कार्यपालिका पदाधिकारीहरु, स्थानीय राजनैतिक दलका पदाधिकारीहरु, नागरिक समाज, बुद्दिजिवी, स्थानीय भद्रभलादमी, स्थानीय पत्रकार एवम् गाउँ कार्यापालिका र मातहतको निकायमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा गाउँपालिकाको तर्फबाट आ.ब. ०७७/०७८ को योजना तथा कार्यक्रमको प्रगति विवरण आ.ब. ०७८/०७९ को योजना कार्यक्रमको कार्यान्वयन स्थिति लगायतको विषयमा जानकारी गराउनुको साथै सो सम्बन्धमा छलफल गरिएको थियो

गाउँपालिकाले आ.ब. ०७७/०७८ मा पूंजीगत तर्फ ६७ प्रतिशत र चालुगत तर्फ ७४ प्रतिशत प्रगति गरेको छ चालु आ.ब. ०७८/०७९ को योजना तथा कार्यक्रमको कार्यान्वयनको सम्बन्धमा गाउँपालिकाले कार्ययोजना तयार गरी कार्यान्वयन प्रक्रिया अगाडी बढाइ सकेको र उपभोक्ता समिति गठन प्रक्रियामा ढिलाई भएको कारण कार्यान्वनय प्रक्रियाले गति लिन नसकेको व्यहोरा जानकारी गराइएको थियो।

कार्यक्रममा सहभागीहरुको तर्फबाट विभिन्न जिज्ञासाहरु उठेको र सो सम्बन्धमा कार्यालयका कर्मचारीहरुले जवाफ दिनु भएको थियो।प्रमुख अतिथि, विशेष अतिथि लगायतको वक्ताहरुबाट आगामी दिनमा गाउँपालिकाले अझ राम्रो र प्रभावकारी ढंगले सेवा प्रवाह

गर्नुको साथै आमगाउँवासीको मन जित्ने किसिमले काम कारवाही गर्नुपर्ने धारणा व्यक्त हुनुको साथै विभिन्न किसिमका सल्लाह र सुझाव पनि प्रदान गरिएको थियो। सोही अवसरमा वडादशै, तिहार र छठपर्वको अवसरमा शुभकामना आदान प्रदान पनि गरिएकोथियो।

सोही कार्यक्रममा गाउँपालिकाले गरेका केही असल अभ्यासहरुको वारेमा जानकारी गराइनुको साथै गाउँपालिकाको सेवा प्रवाहमा सहयोग पुर्याउने NIC ASIA Bank, Baikunthe Branch, प्रहरी चौकी वैकुण्ठेलाई गाउँपालिकाले सम्मान गरेको थियो। उक्त अवसरमा गाउँपालिकामा कार्यरत कर्मचारीहरुको कामकारबाहीको उचित मूल्याकन गरी प्रमुख प्रशासकीय अधिकृत श्री बाबुनन्दन मेहताको सिफारिसमा निम्न बमोजिमको कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो।

सम्मानित हुने कर्मचारीहरुका नाम र पद यस प्रकार छ:
१)ज्ञानराज भट्टराई -असिसटेन्ट सव इन्जिनियर ,२)डा. मनोजकुमार साह-मेडिकल अफिसर,३)विनोद नेपाल-अ.हे.ब,४) नरेन्द्र कार्की-नायव पशु सेवा प्राविधिक ,५)टिकाकुमारी काफ्ले- कार्यालय सहयोगी ,६)गिता अधिकारी-एम.आइ.एस. अपरेटर,७)कमला तामाङ-डा सचिव,८)इ.सुजन घले-इन्जनियर

गाउँपालीकाले निकालेको प्रेस विज्ञप्ति जस्ताको तस्तै

हेर्नुहोस केहीँ तस्वीरहरु:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?