मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“सुदूरपश्चिमका,अधिकांश शिक्षक विद्यार्थी, पढाउन,छाडेर राजनीतिमा, सक्रिय”

“धनगढीः सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत अधिकांश शिक्षक विद्यार्थी पढाउन छोडेर सक्रिय राजनीतिमा लागेको पाइएको छ। शिक्षक, कर्मचारी एवं सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्तिले सक्रिय रुपमा राजनीति गर्न नपाउने व्यवस्था हुँदाहुँदै पनि अधिकांश शिक्षक सक्रिय राजनीतिमा लागेको पाइएको हो”

“नेपाली कांग्रेसको १४औँ अधिवेशनमा बाजुरा र बझाङमा मात्र दर्जनौ शिक्षक प्रतिनिधि भएको पाइएको छ। शिक्षण पेशासँगै सक्रिय राजनीति गर्ने शिक्षकको संख्या वर्षेनि बढ्दै गएको छ। शिक्षकले सक्रिय राजनीति गरेकै कारण सामुदायिक विद्यालयमा शिक्षा ध्वस्त हुँदै गएको छ। विद्यालयभित्र अप्रत्यक्ष रुपमा होइन, देखिने गरी नै दलको झण्डामुनि संगठित भएर शिक्षा क्षेत्रलाई चुनौति दिँदै राजनीतिमा होमिएका हुन्।”

“बाजुरामा नेपाली कांग्रेसको भर्खरै सम्पन्न वडा, नगर, प्रदेश हुदै जिल्ला अधिवेशनमा धेरै शिक्षकले यो विषयलाई सत्य साबित गरिदिएका छन्। जनप्रकाश माध्याविक विद्यालय बाजुराका प्रधानाध्यापक अनोजराज गिरी त कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित नै भइसकेका छन्। प्रतिनिधिका लागि ७०/८० जना सहभागी भएको र ती मध्ये ८/१० जना शिक्षक नै रहेको शिक्षण पेशासँगै सक्रिय राजनीति गरिरहेका जनप्रकाश माविका प्रधानाध्यापक गिरीले बताए।”

“कार्यकारी पदमा पुग्न मात्र हामीजस्ता शिक्षकले पाउँदैनौँ, प्रतिनिधि बन्न ऐन र कुनै नियमावलीले बन्देज गरेको छैन्’ उनले भने। शिक्षा ऐन २०२८ को दफा १६ को (ङ) र उपदफा ५ को (छ)ले शिक्षकहरुलाई राजनीतिमा भाग लिन रोक लगाएको छ। शिक्षा ऐनको दफा १६ (ङ) मा कुनै पनि शिक्षक राजनीतिक दलको कार्यकारी पदमा बसेमा शिक्षक पदबाट बर्खास्त गरिने व्यवस्था छ। तर शिक्षकले ऐन, दफा र उपदफालाई लत्याएर सक्रिय राजनीति गर्न भने अझै छोडेका छैनन्।”

“कांग्रेसको अधिवेशनमा बझाङबाट पनि दर्जनौ शिक्षक राजनीतिमा सक्रिय भएको पाइएको छ। कांग्रेसको क्षेत्रीय प्रतिनिधिको चुनाव लडेका एवं सत्यवती मावि बझाङका शिक्षक खगेन्द्र, जोशी भने पार्टीले सक्रिय कार्यकर्ता मान्ने, सक्रिय सदस्यको रुपमा गणना गर्ने अनि प्रतिनिधिका लागि उठ्न किन नपाउने भनेर प्रश्न गर्छन्। ‘शिक्षिका शान्ती गिरी लगायत धेरै शिक्षक शिक्षिका त प्रतिनिधिको रुपमा चयन ,नै भइसकेका छन्,’ उनले भने, ‘नेपाली कांग्रेसमा मात्र यो समस्या नभएर सबै पार्टीमा शिक्षक राजनीतिक रुपमा सक्रिय देखिन्छन्।’”

“बझाङ र बाजुरामा सामुदायिक ,विद्यालयमा कार्यरत अधिकांश शिक्षक विद्यार्थी पढाउन छोडर सक्रिय राजनीतिमा देखिएका छन्। उच्च अदालतले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकहरुलाई प्रतिनिधि नबनाउन अल्पकालिन अन्तरिम आदेश दिएको छ।”

“नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शिक्षक, कर्मचारी र प्राध्यापकहरुहरु,लाई प्रतिनिधि बन्ने/बनाउने काम रोक्न अन्तरिम आदेशको माग गर्दै रिट नै दायर गरिएको थियो। शिक्षक नै पार्टी र पार्टीका झण्डामुनि देखिन थालेपछि राज्यले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकमा लगाएको लगानी अनुत्पादक हेन देखिएको छ। नेपाली कांग्रेस बझाङ जिल्ला सभापति खड्कबहादुर बोहराले विद्यार्थी पढाउने काममा खटिएका शिक्षक राजनीतिमा ,नआउनुपर्ने तर उक्त समस्यामा जिल्लाबाट हल गर्नुभन्दा केन्द्रबाट समाधान गर्नुपर्नेमा जोड दिन्छन्।”

“‘शिक्षण पेशा परित्याग, नगरेरै देशका ठुलठुला नेता बनेका उदाहरण छन्, सबै पार्टीमा शिक्षक नै नेता बनेका छन्’ उनले भने। नेपाली कांग्रेसको शिक्षा विभागले १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा, राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदनमा शिक्षक तथा प्राध्यापकको व्यवस्थापन, विद्यालय कर्मचारी व्यवस्थापन लगायतमा गर्नुपर्ने नीतिगत व्यवस्थापकीय कुरालाई प्राथमिकतामा राखेको छ। तर शिक्षकहरु भने कांग्रेसकै सक्रिय राजनीतिमा होमिन थालेका छन्।( दिनेश खबर बाट )”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?