मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“चितवन बाट आयो, प्रचण्डको, दशैँ नै खल्लो, बन्ने खबर”

“देशैको मुखैमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई दशैँनै खल्लो बनाउँने खालको खबर चितवनबाट आएको छ ।”

“आगामी निर्वाचनमा काग्रेस सँग गठबन्धन गरेर अघिल्लो पटक छोरीलाई मेयर जिताए जसरी आफु जित्ने योजनामा रहेका प्रचण्डलाई धक्का लाग्ने खबर चितवन बाट आएको छ । प्रचण्डलाई टिकट दिएर गठबन्धन गरे काग्रेसका स्थानिय तहका नेताले प्रतिवाद गर्ने तयारी गरेका छन् ।”

“प्रचण्डकी छारीलाई जिताउँने बेला देखीनै आजित भएका चितवन काग्रेस कार्यकर्ताले प्रचण्डको नाम सुन्दा पनि एलर्जी हुने अवस्थामा पुगेका छन् । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आगामी निर्वाचनमा चितवनमा गठबन्धन बने प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।”

“केही दिन पहिले भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन चुनाव गठबन्धनकै आधारमा हुने बताएका थिए । कांग्रेस भरतपुर महानगर कमिटीको दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कांग्रेसीले आगामी निर्वाचनमा रुखमै भोट हाल्ने घोषणा गरे ।”

“मानियो अघिल्लो पटक, अब मानिँदैन’, श्रेष्ठले भने, ‘माथिबाट भनेको भरमा हुन्छ रु चितवन कांग्रेसलाई सोध्नुपर्दैन रु कहिँ कतै हँसिया(हथौडा र हलोमा भोट हाल्न लगाए हामी हाल्ने छैनौं ।’ उनले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेललाई यो सन्देश केन्द्रमा पुर्‍याउन आग्रहसमेत गरेका छन् ।”

“केही दिन पहिले महानगर कमिटीको पदस्थापन कार्यक्रममा उनले प्रचण्ड र रेनुलाइ चितवनबाट लखेटेको दिन बल्ल चितवन कांग्रेसको साख फिर्ता हुने अभिव्यक्ति दिएका थिए ।”

“यसअघि भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल र संघीय चुनावमा क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डे कांग्रेसको समर्थनमा लडेका थिए ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?