मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हार्दिक बधाई:हाँस्य कलाकार पवन खतिवडाले गरे अन्तरदेशीय अन्तर जातीय बिवाह

1 min read

काठमाडौं– नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिफिल्म ‘गोलमाल’का कलाकार प¥वन खतिवडा ‘म्याकुरी’ले लगनगाँठो कसेका छन् ।उनले भा¥रतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् ।

पवन पछिल्लो समयमा नेपाली कमेडीमा रुचाइएका कलाकारमा पर्दछन् ।बिवाह पछी उनले ‘जिवनको नया अध्याय सुरुउनि सिक्किमकि छोरी म नेपालको,म बाहुन को छोरो उनि राइको(intercast- intercountry)हाम्रो लागि माया प्रेम नै सर्बैसर्व भयो।

यो समाजले के भन्ला भ¥न्दा पनि हामिले समाजलाइ के दिने भन्ने लाग्यो।।केही बर्ष अघिको चिनजान प्रेम मा परिणत भइ बिहेमा परिणत गर्ने निर्णय गरेको छौ आशा छ सदा हजु¥रहरुको आशीर्वाद को अपेक्षा राखेका छौ। सदैब तिमी सङ्ग खुशी भै जीवन काट्न पाइओस Happy married life to us भन्दै पोस्ट गरेका छन।

यो पनि पढ्नुहोस – कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित साहित्यकार झमक घिमिरेको निवासमा चोरी भएको छ ।बुधबार बिहान अन्दाजी २ बजेपछि साहित्यकार घिमिरे निवासमा घरको सबै ताला फोडी चोरी भएको झमक घिमिरे साहित्य कला प्रतिष्ठानकी उपाध्यक्ष अनिता लामाले जानकारी दिइन्।

उपाध्यक्ष ला¥माका अनु¥सार यसअघि पनि घिमिरे निवासमा चोरी, डकैतीको प्रयास भएको र प्रहरी प्रशासनको सहयोगबाट मात्रै झमक सपरिवारलाई सुरक्षित गर्न सकिएको थियो । सुरक्षाको कारण अत्यन्तै चिन्तित भएपछि झमक परिवार गत १८ गते धनकुटास्थित घर गएका छन् ।

चोरले झमकको कपडा, चाँदीका गरगहना र केही भाँडाकुँडा चोरेको लामाले बताइन् । घट्न¥बारे प्रहरीले मुचुल्का उठाएर अनुसन्धान गरिरहेको उनले बताइन् । यो स्थानमा यो हप्ता मात्रै छिमेकीका घरहरूमा धेरै पटक हतियार देखा¥ई लुट¥पाट र डकैत भएको थियो ।

लुटपाट र डकैत हुने गरेकाले यहाँका स्थानियले रातको समयमा गस्ती समेत गर्ने गरेका छन् । धेरैपटक उपभोक्ताहरूले प्रहरी प्रशासन समक्ष शान्तिसुरक्षाको लागि प्रहरी बिट, सामुदायिक प्रहरी बिट राख्न अनुरोध गरेपनि सम्बन्धित निकायको ध्यान नगएको स्थानियको गुनासो छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?