मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“उपेन्द्र यादबले खोलि,दिए नेपालि, राजनितिको पोल , मेयरको, १० करोड र वडाध्यक्षको ,टिकटको रेट ५० लाख !”

“जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादवलाई ५० लाख देखि १० करोडसम्मको अफर आएको छ । यादवले चुनावका निम्ति टिकट माग्नेहरु आफ्नो सम्पर्कमा आउन थालेको बताएका हुन् ।”

“उनले रकम जम्मा गरिसकेको भन्दै टिकट माग्नेहरू आउन थालेको बताएका हुन् । ‘कतिपय वडा अध्यक्षको टिकट देऊ म ५० लाख जम्मा गरिसकेको छु भनिरहेका छन् ।”

“मेयरको टिकट माग्नेहरु १० करोड जम्मा गरिसकेको बताइरहेका छन्’ अध्यक्ष यादवले राजविराजमा आयोजना गरेको सप्तरीको विकास विषयक अन्तरकृया कार्यक्रमलाई बुधबार राति सम्बोधन गर्दै भने, ‘ कति इमान्दारी काम गरे । जनतासँग कति मिलेको छु भन्ने कुरा कसैले गर्दैनन् । सिधैं यति रकम जम्मा गरेको छु । टिकट दिनुस् भनिरहेका छन् ।”

“गाउँको विकास हुनुपर्नेमा जोड् दिदैं उनले दलीय आधारमा हुने चुनाव भ्रष्टाचारको जड रहेको बताए । कुन जनप्रतिनिधिलाई चयन गर्‍यौं जनतालाई त्यो पनि थाहा नहुनु विडम्बना भएको उनले बताए । ‘जनतालाई जागरुक बन्नु जरुरी छ,’ उनले भने ।”

“यो सोचको चुनावमा परिणाम के होला रु भन्ने प्रश्न गर्दै उनले यसमा करेक्सन हुनु जरुरी रहेको बताए । ‘किन १० करोड लगाउँछ रु राजनीति किन गर्छ रु’ उनले भने, ‘यसअघिको राजनीतिमा हामी एउटा लक्ष्यमा काम गर्‍थ्यौं । लक्ष्यमा काम गर्दा ज्यान गए पनि पर्वाह हुन्नथ्यो भन्ने लाग्थ्यो । तर अहिले राजनीति व्यापार भयो । पेशा रहेन् ।”

“अहिले राजनीति गरिरहेकाहरु व्यापार गरिरहको उनले बताए । ‘राजनीति धन्धा भइसक्यो । लगानी गरेर त्यो लगानी असुली गर्न खोज्छन्,’ उनले भने । यहाँबाट जितेर माथिल्लो निकायमा जानेहरु पनि यस्तै धन्दामा लागिपरेको उनले बताए ।”

“यहाँबाट जितेर गएकाहरु माथि त्यस्तै धन्दा गर्छन्,’ उनले भने, ‘माथि गएपछि केही नेताहरु आफ्नो व्यापार गर्न थाल्छन् । उनीहरु म सांसद हुँ मलाई खरिद गर भन्छन् । अनि, त्यहाँ मोलमोलाई हुन्छ,’ उनले भने ।”

“रकममा बिक्नेहरूमध्ये कतिलाई किनेर बैंककमा राखिएको भन्दै उनले एक पटक दुई सांसदलाई किनेर भारतको मधेपुरास्थित सांसद पप्पुको घरमा गएर समेत राखिएको उनले बताए ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?