मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

१० करोड मेयर र ५० लाख वडाध्यक्षको लागि जम्मा गरिसके भन्दै टिकट माग्न थालिसकेः उपेन्द्र यादव

1 min read

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चुनावका निम्ति टिकट माग्नेहरु आफ्नो सम्पर्कमा आउन थालेको बताएका छन् । उन¥ले रकम जम्मा गरिसकेको भन्दै टिकट माग्नेहरू आउन थालेको बताएका हुन् ।‘कतिपय वडा अध्यक्षको टिकट देऊ म ५० लाख जम्मा गरिसकेको छु भनिरहेका छन् । मेयरको टिकट माग्नेहरु १० क¥रोड जम्मा गरिसकेको बताइरहेका छन्’

अध्यक्ष यादवले राजविराजमा आयोजना गरेको सप्तरीको विकास विषयक अन्तरकृया कार्यक्रम¥लाई बुधबार राति सम्बोधन गर्दै भने, ‘ कति इमान्दारी काम गरे । जनतासँग कति मिलेको छु भन्ने कुरा कसैले गर्दैनन् । सिधैं यति रकम जम्मा गरेको छु । टिकट दिनुस् भनिरहेका छन् ।’

गाउँको विकास हुनुपर्नेमा जोड् दिदैं उनले दलीय आधारमा हुने चुनाव भ्रष्टाचारको जड रहेको बताए । कुन जनप्रतिनिधिलाई चयन गर्‍यौं जनता¥लाई त्यो प¥नि थाहा नहुनु विडम्बना भएको उनले बताए । ‘जनतालाई जागरुक बन्नु जरुरी छ,’ उनले भने ।यो सोचको चुनावमा परिणाम के होला ? भन्ने प्रश्न गर्दै उनले यसमा करेक्सन हुनु जरुरी रहेको बताए ।

‘किन १० करोड लगाउँछ ? राजनीति किन गर्छ ?’ उनले भने, ‘यसअघिको राजनीतिमा हामी एउटा लक्ष्यमा काम गर्‍थ्यौं । लक्ष्यमा काम गर्दा ज्यान गए पनि पर्वाह हुन्नथ्यो भन्ने लाग्थ्यो । तर अहिले राजनीति व्या¥पार भयो । पेशा रहेन् ।’अहिले राजनीति गरिरहेकाहरु व्यापार गरिरहको उ¥नले बताए । ‘राजनीति धन्धा भइसक्यो । लगानी गरेर त्यो लगानी असुली गर्न खोज्छन्,’ उनले भने ।

यहाँबाट जितेर माथिल्लो निकायमा जानेहरु पनि यस्तै धन्दामा लागिपरेको उनले बताए । ‘यहाँबाट जितेर गएकाहरु माथि त्यस्तै धन्दा गर्छन्,’ उनले भने, ‘माथि गएपछि केही नेताहरु आफ्नो व्यापार गर्न थाल्छन् । उनीहरु म सांसद हुँ मलाई खरिद गर भन्छन् । अनि, त्यहाँ मोलमोलाई हुन्छ,’ उनले भने ।

रकममा बिक्नेहरूमध्ये कति¥लाई किनेर बैंककमा राखिएको भन्दै उनले एक पटक दुई सांसदलाई किनेर भारतको मधेपुरास्थित सांसद पप्पुको घरमा गएर समेत राखिएको उनले बताए ।‘एक सांसद किन्ने र अर्को खरिद गर्ने’ अध्यक्ष या¥दवले भने, ‘जसरी गाईभैंसीको खरिद हुन्छ त्यसरी नै यस्ता दलालहरू हेरेको छु ।’राजनीतिमा जबससम्म सदाचारी हुँदैन तबसम्म देश नबन्ने भन्दै उनले जनता पनि नेता झैं बनेको बताए ।

‘जनता पनि त्यस्तै छन् । त्यस्तै भोट लिन्छौं खानपिन दिदैनौं’ उनले भने, ‘नेतालाई पहिला जनताले चोर बनाइदिन्छन् । अनि नेता चोरी गर्न जान्छन् । नेता चोर अनि जनता पनि चोर ।’निर्वाचन र राजनीतिक प्रणाली अल्पविकसित देशका लागि क्यान्सर जस्तै भएको भन्दै उनले यसका कारण मुलुक उठनै नसक्ने बताए । यसका लागि परिवर्तन गर्नुपर्ने भन्दै उनले चुनावलाई सरल बनाउनु जरुरी रहेको बताए ।-दैनिक न्युज नेपाल

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?