मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यी हुन् टिकटकमा १ अर्ब फलोअर्स भएका दुई व्यक्ति, कसरी भए यति चर्चित ?

1 min read

एजेन्सी । छोटा भिडियो राख्ने एप टिकटक यतिबेला चर्चाको शिखरमा छ । नेपालमा समेत दिनप्रतिदिन यसको लोकप्रियता बढिरहेको छ । केही देशले प्र¥तिबन्ध लगाएको भएपनि यसको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ ।

तर, केही देशले भने सामा¥जिक जीवन बिगारेको आरोपमा प्रतिबन्ध लगाएका छन् । भारतमा टिकटक प्रतिबन्ध छ । यस्तै, अमेरिकामा पनि अवस्था त्यस्तै छ । तर, यसको लोकप्रियता भने बढिरहेको छ । संसारभर नै १ बिलियन बराबरको टिकटक प्रयोगकर्ता रहेका छन् । यो हरेक दिन बढिरहेको छ ।

चार्ली डी’अमेलिया टिकटकमा सबैभन्दा बढी फलोअर्स छन् । उनको झण्डै १ अर्ब बराबरको फलोअर्स रहेका छन् । यस्तै खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन् । अमेरिकी नृ¥त्यांगना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ ।

उनको टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् र त्यसमा उनले एक अर्ब ३० करोड लाइक पाएका छन् । कैयौ व्यक्तिहरुले लेमले अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन् ।

अमेलियो टिकटकमा एक अर्ब फलोअर पु-याउने पहिलो व्यक्ति हुन । अहिले उनको एक अर्ब २० करोडभन्दा बढी फलोअर छन् । खाबी लेम पश्चिम अफ्रिकाको सेनगलमा जन्मिएकी हुन् ।२१ वर्षीय लेमको अहिले इटलीमा बसाबास रहेको छ ।

एक कारखानामा म¥जदुरका रूपमा काम गर्ने लेमले कोभिड १९ महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए ।लेमले अन्य मानिसले गरेको कुनै कार्यलाई तुलना गर्दै यस कार्य¥लाई कसरी सहजै गराउने भन्ने विषयलाई जोडेर आफ्नु भिडियो देखा¥उने गरेका छन् ।

बिनाकारण जटिल बनाएका छन् भनेर लेमले देखाउने गरेका छन् । तर भिडिओमा उनी बोल्दैनन् । उनको अनुहारको नाटकीय भावलाई देखेर मानिसहरूलाई रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन भन्ने पनि उनको भिडियोबाट झल्किन्छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?