मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“मेरै छोरो केपी ओलीले फेरी पाँच वर्ष एकलौटी सरकार चलाउँछ” : बुवा मोहनप्रसाद ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पार्टीकोक कामले गृहजिल्ला पुगेका थिए । त्यो बेलामा उनले आफ्ना बुवा मोहनप्रसाद ओलीलाई पनि भेटे ।

पुर्वप्रधानमन्त्री ओलीका बुवा भविष्य अनुमान गर्ने ज्योतिष विद्या पनि जान्दछन् । प्र¥तिपक्षी दल एमालेका अध्यक्ष रहेका ओलीका बुवा मोहनप्रसाद ओलीले आफ्नो छोराले पुनः पाँच वर्ष एकलौटी सरकार चलाउने भविष्यवाणी गरेका छन् ।

गृह जिल्ला झापामा रहेका बुवा मोहनप्रसादलाई भेट्न ओली आइतबार पुगेको बेलामा उनका बुवाले यस्तो भविष्यवाणी गरेका थिए । छोरालाई भेटेपछि मोहन¥प्रसादले सञ्चारकर्मीसँग छोटो कुराकानी पनि गरेका थिए । उनले कुराकानीमा आगामी चुनावमा आफ्नो छोराले जितेर पुनः ५ वर्ष एकलौटी स¥रकार चलाउने दाबी गरे ।

उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’

आफ्नो छोरा अझैँ २० वर्षस¥म्म स्वस्थ रहने बताउदै ९० वर्षीय मोहनप्रसादले छोरा ओलीलाई षड्यन्त्र गरेर प्रधानमन्त्री पदबाट हटाइएको पनि बताए ।उनका अनुसार ओलीलाई जनताले फेरि सत्तामा पुर्‍याउछन् र पाँच वर्ष सरकार चलाउँछन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?