मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“मुख्यमन्त्री, बनेको ७१ दिनमा, अष्टलक्ष्मी, शाक्यले भावुक हुँदै, दिईन राजिनामा”

1 min read

“मकवानपुर – बाग्मती प्रदेशकी, मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि उनले पदबाट राजीनामा दिएकी हुन् । शाक्यले, प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकी थिइन् । तर, एमालेको पक्षमा सांसद कम भएकाले स्पष्ट अल्पमतमा परेकाले उनले विश्वासको मत नलिई, पदबाट राजीनामा दिएकी हुन् ।”

“गत २ भदौमा मुख्यमन्त्री, भएकी शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामाको विकल्प रोजकी हुन् । विपक्षीले विरुद्धमा ,गठबन्धन बनाएपछि ७१ दिनमै उनी बाहिरिनु परेको हो । शाक्यले छोटो समय भए पनि आफ्नो कार्यकाल, उपलब्धीपूर्ण भएको र सबैले सहयोग गरेको बताइन् । जाँदा-जाँदै आफूले प्रदेश नीति आयोगमार्फत समाजवादको यात्रा प्रारम्भ गर्नेबारे केही खाका तयार पारेको बताइन् ।”

“प्रदेशसभामा हाल,एमालेका ४३, माओवादी २३ र कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक गरी एक सय नौ सांसद छन् ।”

“बुधबार प्रदेशसभालाई, सम्बोधन गर्दै शाक्यले आफूले विगतमा सबै कुरा त्यागेर संघर्षमा लोगेको बताइन् । यद्यपि, आफ्नो बलिदान खेर नगएको उनको भनाइ छ। उनले गणतन्त्र र संघीयता संकटमा पर्न लागेको पनि बताइन् । संघीयता बलियो बनाउनुपर्नेमा जोड दिइन् । राजनीति संस्कारयुक्त, बनाउनुपर्ने उनको भनाइ छ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?