मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“प्रचण्ड लाई ओलिको जवाफ:-थोरै भात र एउटा रोटी, खाएर बस्ने मलाई, करोडौंको भाँडाकुँडा किन चाहियो?

“नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपको खण्डन गरेका छन्।””शुक्रवार चितवनमा बोल्दै प्रचण्डले ओली  प्रधानमन्त्री हुँदा करोडौंको भाँडाकुँडा किनेको आरोप लगाएका थिए।”

“उनले भनेका थिए ‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ, प्रधानमन्त्रीको निजी कार्यालय त्यस्तै दरबार बन्दैछ। हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन्”

“आज काठमाडौंमा एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा यही आरोपको ओलीले आज खण्डन गरेका हुन्।”

‘मेरो भान्छामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे, केको सरकारी पैसामा किन्नु ? प्रधानमन्त्री निवासमा सेना पनि बस्छ, उसलाई खाना खानुपर्‍यो होला। भाँडाकुँडा चाहियो होला।”

“मेरो श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंको भाँडाकुँडा चाहियो ?,’ ओलीले भने,‘थोरै भात र एउटा रोटी खाएर बस्ने मलाई करोडौंको भाँडाकुँडा किन चाहियो”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?