मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“देश किन बनेन भनेर, अब एजेण्डा बनाएर,छलफल गर्नुपर्छ भनेको छु : माधव नेपाल”

“काठमाडौं, १४ कार्तिक । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश किन बनेन ? भनेर अब एजेण्डा बनाएर छलफल गर्नुपर्ने बताएका छन् ।”

“पार्टीनिकट नेपाल समाजवादी इन्जिनियरिङ एशोसिएसनको भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भनेको छु, हाम्रो देश किन बनेन ? भनेर एजेण्डा बनाऔं । कहाँ रहेको छ समस्या ?’

“तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै करोडौं खर्चिएर हेलिप्याड बनाएको उल्लेख गरेका छन् । उनले त्रिभुवन विमानस्थल बालुवाटारबाट दश मिनेटमा पुगिनेमा बालुवाटारभित्रै हेलिप्याड बनाउनु गलत भएको टिप्पणी गरे ।”

“उनले आफूहरुसँग देश बनाउने चिन्ता र सोच रहेको सुनाए । उनले पार्टीले अब सामाजिक क्षेत्रमा महारुपान्तरण अभियान सुरु गर्ने पनि बताए । उनले निजगढमा छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पनि बताए ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?