मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“मुख्यमन्त्री, शाहीलाई, प्रचण्डको फोन : ढुक्क हुनुहोस, कर्णालीमा, सरकारको,नेतृत्व परिवर्तन हुँदैन्”

“काठमाडौं, १४ कार्तिक । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा नदिने भएका छन् । केन्द्रको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार उनलाई नहटाउने भएको हो । खासगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अनुरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीको सरकारको नेतृत्व परिवर्तन गर्न नहुने अडान राखेका छन् ।/”

“खासगरी कर्णालीमा कांग्रेस र माओवादी केन्द्रबीच ६ महिना अघि नै सरकारको नेतृत्व आलोपाले गर्ने सहमति भएको थियो । उक्त सहमति लागु हुने हो भने यही कार्तिक १५ गतेभित्रै मुख्यमन्त्री शाहीले राजीनामा दिईसक्नुपर्ने हुन्छ । कांग्रेसबाट जीवनबहादुर शाहीले सरकारको नेतृत्व गर्ने भनिएको छ । कांग्रेस सभापति देउवा भने कर्णालीमा नभएर सुदुरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न चाहन्छन्”

“सुदुरपश्चिम प्रदेश देउवाको क्षेत्र हो । आजमात्रै पनि प्रचण्डले मुख्यमन्त्री शाहीलाई फोन गरेर मुख्यमन्त्रीमा तपाईँ नै यथावत हुने हो भन्दै चिन्ता नलिन भनेको स्रोतको दाबी छ ।”

“उता, कांग्रेसबाट मुख्यमन्त्री बन्न लागेका जीवन बहादुर शाहीले भने सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताउँदै आएका छन् । प्रदेश सरकार हेरफेरबारे अब प्रधानमन्त्री देउवा बेलायत भ्रमणबाट फर्किएपछिमात्रै ठोस छलफल र सहमति हुने बताईएको छ ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?