मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“बालकोटमा ‘म्याउ’म्याउ” गर्दैमा माओवादी, समाप्त हुँदैन : वाइसीएल संयोजक, देवकोटा”

“नेकपा माओवादी केन्द्रको युवा संगठन ‘वाइसीएल’ नेपालका संयोजक सुमन देवकोटाले जनताको दुःख पसिनाबाट निर्माण भएको पार्टी कसैको सानो प्रयासबाट समाप्त नहुने बताएका छन् । आइतबार हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले केपी ओलीको धोका र भाषणको भरमा माओवादी समाप्त नहुने बताएका हुन् ।”

“बालकोटमा बसेरा म्याउ गर्दैमा माओवादी समाप्त हुँदैन । माओवादी जनताको बलिदानबाट जन्मेको पार्टी हो,  इतिहास ताजा नै छ । त्यसैले धोका गरेर माओवादीलाई समाप्त पर्ने सपना नदेखे हुन्छ,’ उनले भने ।”

“माओवादी केही हैन भन्नेहरुको अब धेरै दिन नरहेको र माओवादीलाई नजिस्काउन पनि उनले चेतावनी दिए । माओवादी एउटा शक्ति हो भन्दै संयोजक देवकोटाले माओवादी र प्रचण्डले संघर्ष गरेर ल्याएको संविधान, संघीयता, गणतन्त्र र जनमत मास्न खोज्दा प्रतिगमनकारी केपी ओलीको हालत हेरेरमात्र माओवादीको शक्ति अनुमान गर्नुपर्ने उनले बताए ।”

“हिजो कसैलाई बोल्ने छुट थिएन, माओवादीको संघर्ष र लडाईबाट सबै नेपालीमा आज स्वतन्त्र रुपमा बोल्ने अधिकार प्राप्त भएको छ,’ उनले भने । उनले सरकारमा रहँदा व्यवस्थापन मिलाउन नसक्दा माओवादीलाई धेरै घाटा भएको तर अब त्यस्तो गल्ती माओवादीबाट कदापि नहुने बताए ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?