मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“देउवालाई विदा, दिनुपर्छ: डा. शसांक कोइराला”

“काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले सभापति शेरबहादुर देउवालाई सभापतिबाट विदा दिनुपर्ने बताएका छन् ।”

“आइतबार नेपाली कांग्रेस महाभारत गाउँकार्यसमितिको आयोजनामा भएको शुभ दिपावली, छठ र नेपाल संसदको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोइरालाले यस्तो बताएका हुन् ।”

“अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ, मेरो व्यक्तिगत विचारमा उहाँलाई आउदो महाधिवेशनमा विदा गर्नुपर्छ ।”

“महामन्त्री कोइरालाले भने, ‘अवको नेतृत्व परिवर्तन हुनु पर्छ ।, युवाहरूलाई आकर्षित गर्ने नेतृत्वको आवश्यकता छ । त्यस्तो नेतृत्व चुन्नु पर्छ ।’ नेपाली कांग्रेसको नेतृत्वमा परिर्वतन गर्नुपर्ने कोइरालाले बताएका छन् । अवको दिनमा युवाहरूलाई स्थान दिनुपर्ने उनको भनाई छ । ४० वर्ष भन्दा कम उमेरका युवाहरूलाई आकर्षित गर्दै ४० देखि ६० वर्षभित्रका युवाहरूले नेतृत्व गर्नुपर्ने उनले बताएका छन् ।”

“कांग्रेसलाई कांग्रेसले नै हराउँछ सोही कार्यक्रममा कोइरालाले नेपाली कांग्रेसलाई कुनै पनि पार्टीले हराउन नसक्ने कुरा बताएका छन् । कांग्रेस एकजुट नभएका कारण कांग्रेसलाई कांग्रेसले नै हराउने उनले बताएका छन् ।”

“नेपाली कांग्रेसलाई एमाले, माओवादी लगायत कुनै पनि पार्टीले हराउन सक्दैन, कांग्रेसलाई निर्वाचनमा कांग्रेसले नै हराउछ ।’ उनले भने, ‘आगामी हुने महाधिवेशनबाट हामी सबै एकजुट हुनुपर्छ ।”

“त्यस्तो खालको नेतृत्व चयन गर्नुपर्छ, त्यसपछि कांग्रेसलाई कस्ले छुनु सक्छ ?’हेलिकोप्टर चार्टर गरेर महाभारत पुगेका महामन्त्री कोइरालाले महाभारत प्रकृतिले भरिपूर्ण शुन्दर ठाउँ रहेको बताए ।”

“त्यस भेगको विकासको लागि सडक बाटोको मात्र आवश्यकता रहेको उनले बताएका छन् ।सहज सडक सञ्जालको लागि नेपाली कांग्रेसको नेतृत्वमा सरकार भएकोले मन्त्रीलाई भेटेर आग्रह गर्ने उनले बताए ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?