मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“माओवादीले कहिल्यै, जनताको शीर, झुक्ने काम गरेको छैनः रामजी प्रसाद बराल”

“काठमाडौं । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन) ले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रले अहिलेसम्म जनताको शीर झुक्ने एउटा पनि काम नगरेको बताएका छन ।”

“नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र माछापुच्छ«े गाउँ कमिटी–३ घाचोकले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा स्वागत एवं सम्मान कार्यक्रममा उहाँले परिर्वतनको अगुवाई गरेको र पछाडि परेका महिला, दलित, मजदूर लगायतका वर्गलाई राज्यको मूल प्रवाहमा ल्याउने पार्टी माओवादी मात्र भएको उनको दाबी थियो ।”

“माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले भने, “अन्य राजनीतिक पार्टीले राष्ट्रियता र विभिन्न नदी नाला बेचेर जनताको शीर झुकाउने गरेका छन् । तर माओवादीले अहिलेसम्म त्यस्तो कुनै कार्य गरेको छैन ,यसो भन्न उसलाई नैतिक आधार छ ।”

“नेपाल कृषिप्रधान देश भएको नाताले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बस्ती उत्पादमना बृद्धि गर्न नसके विदेशबाट कमाई ल्याएको पैसा बस्तु खरिदमा पुनःविदेश जाने मन्त्री बरालको भनाई थियो । उनले उत्पादनमा केन्द्रीत हुन आग्रह समेत गरेका छन।”

“घाचोकको विकासका लागि आफू तल्लिन रहेको बताउँदै उनले कृषिको आधुनिकीकरण लागि प्रदेशमा पहिलोपटक घाचोकबाट जग्गा चक्लाबन्दी कार्यक्रम शुरु गरिएको मन्त्री बरालले बताए । त्यसैगरी मुख्यमन्त्री जलबायुमैत्री कृषि गाउँ कार्यक्रम, सडक, पुल, विद्यालय लगायतका कार्यक्रममा प्रदेश सरकारबाट बजेट विनियोजन गरिएको उनले जानकारी दिए।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?