मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“प्रदेश नम्बर १ को, मुख्यमन्त्रीमा, राजेन्द्र राईले गरे, दाबी प्रस्तुत, ४९ सांसदको, हस्ताक्षर”

1 min read

“काठमाडौं, १५ कार्तिक । प्रदेश प्रमुखले गरेको आह्वानअनुसार प्रदेश १ को मुख्यमन्त्रीमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का प्रदेश नम्बर १ का संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेस गरेका छन् ।”

“सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’समक्ष उनले  ४९  सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । राईलाई कांग्रेस र माओवादी केन्द्रको समर्थन छ । आजमात्रै एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले पदबाट राजीनामा दिएका थिए ।”

“यो पनि:-“दुई तिहाइको” मात, लागेका” ओली,लाई घुँडा टेकाइयोः माधब नेपाल

“काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई तिहाइको मात लागेका केपी ओलीलाई घुँडा टेकाइदिएको दाबी गरेका छन्।”

“शनिबार विराटनगरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी चुनावमा नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने धारणा राखेका हुन्।”

“उनले भने, ‘दुइ तिहाईको मात लागेका केपी ओलीलाई घुँडा टेकाइदिऔं। केपी ओलीको पार्टी भुँईमा पछारिएको छ। हाम्रो पार्टी सबै प्रदेशमा अगाडि छ। केपीको पार्टीलाई भोलीको चुनावमा टर्च बालेर खोज्नुपर्ने हुन्छ।”

“उनले केपी ओलीमा दक्षिणपन्थी अवसरवाद र व्यक्तिवाद हाबी भएको बताए। नेपालले आफूसँग वामपन्थी र अग्रगमनकारीको शक्ति भएको दाबी गरे। उनले भने ‘केपी ओलीसँग दक्षिणपन्थी शक्ति, विदेशीसँग चाकरी गर्ने शक्ति छ। हामीसँग वामपन्थी शक्ति छ हामीसँग अग्रगमनकारीको शक्ति छ।”

“उनले एमालेसँग विद्रोह गरेको स्पष्ट पारे। ‘लोकतन्त्रको मुल्य र मान्यतालाई आत्मसाथ गर्छौ। निरकुंशता अपनाउँदैनौ। अहिले पनि समानता चाहिएको छ। विभेदको समाप्त गर्नुपर्ने छ।”

“पवित्र भावनाका साथ यो पार्टी जन्मिएको हो। हामीले एमालेसँग विद्रोह गरेका हौं।’ नेपालले भने, ‘अग्रगतिको अभियान चलाउने पार्टी हो। यो व्यक्तिको इच्छा र आकांक्षामा चल्ने पार्टी होइन विचार प्रधान पार्टी हो।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?