मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“हाँस्य रियालिटी, ‘शो’ ‘मुन्द्रे’को कमेडी क्लब’ बन्द हुँदै”

“हाँस्य रियालि,टी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ। आगामी साताको एपिसोडसँगै कलाकार जितु नेपालले निर्माण निर्देशन र सञ्चाल,न गर्दै आएको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको हो।,

“कार्यक्रममा पात्र, स्टुडिओलगायतको समस्या भएकाले कार्यक्रम बन्द गर्न लागिएको सञ्चालक जितु नेपालले सेतोपाटीलाई जानकारी दिए।”

‘पात्रहरूले पनि धोका दिए। एउटा रियालिटो शो लामो समयसम्म गरिसकेपछि बीचमा केही समय ब्रेक लिनुपर्ने रहेछ। अरूले पनि निश्चित भागको प्याकेज गर्दारहेछन्। तर मैले ११ वर्षसम्म जिरेखुर्सानी बनाइरहेको भएकाले चलिरहेको छ, लैजाउ न”

“भन्दा कहिले भनेजस्तो गर्न नसक्ने, कहिले कलाकार, कहिले स्टुडिओलगायतको तालमेल मिलिरहेको थिएन। जसोतसो यहाँसम्म ल्याइयो अब चै ब्रेक गरौं भन्ने निर्णय भयो’, नेपालले भने।अब आउने साता हिमेश पन्त र सुमन कोइरालासँगको कार्यक्रमनै अन्तिम हुने उनले जानकारी दिए।”

“यहीँ फर्म्याटमा नभए पनि विज्ञापन र टेलिभिजनबीच सहकार्य भएमा फेरि पनि आउन सक्ने उनले बताए। ‘अर्को नयाँ तरिकाले आउन त आउँछ। तर विज्ञापन, हामी र टेलिभिजनबीच सहकार्य हुनुपर्छ’, उनले भने।

“सिजन–२ को ५४ औँ एपिसोड पुगिसकेको शो बन्द भएपछि आफू डाक्टर कपिल रिजालको निर्माण निर्देशनमा बन्न लागेको फिल्ममा आवद्ध भएको जानकारी दिए। ‘साम्राज्ञीसँग खेल्नका लागि डाक्टर कपिल रिजालले निर्माण र निर्देशन गर्न लागेको फिल्ममा आवद्ध भइसकेको छु,  आगामी मंसिर १५ बाट सुटिङ सुरू हुन्छ,’ उनले भने।”

“यसबाहेक आफ्नो नयाँ टेलिसिरियल बनाउने योजनासमेत रहेको नेपालले सुनाए।‘राजनीतिक विषय बस्तुलाई व्यङ्ग्यात्मक तरिकाले सिरियल बनाउने योजनामा छु, केही समय पछि सुरू गर्छु होला’, उनले भने।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?