मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“एमाले ओली ‘बा’ जिन्दावादको नारामा” रमाउनेहरुको” पार्टी, बन्न थाल्यो : स्वास्थ्यमन्त्री खतिवडा”

“भक्तपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भस्मासुर र धुन्दकारीको संज्ञा दिएका छन् ।”

“पार्टी निकट युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भने, ‘ओलीको हातमा पार्टी पुगेपछि पार्टी नीतिप्रधान होइन नेता प्रधान, विचारप्रधान होइन ब्यक्तिप्रधान भएको छ ।”

“त्यस्तै उनले पार्टीमा ओलीको जयजयकार गर्ने, ‘बा’ भन्ने ब्यक्तिहरु मात्र रहेको पनि उल्लेख गरे । यसका साथै उनले विचारको आन्दोलनका बहस हुन छोडेको र पार्टीभित्र आफ्नो घरको ‘बा’ बिर्सेर ‘ओली बा’ भनेर बुरुक–बुरुक उफ्रिनेहरुको गुटको सिर्जना हुन थालेको बताए ।”

“पार्टीभित्र कहिल्यै पनि पार्टी जिन्दावाद नभनी ‘ओली बा’ जिन्दावादको नारामा रमाउनेहरुको पार्टी बन्न थालेको आरोप लगाए ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?