मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेपाली पुरूषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने नि’र्णय,,हेर्नुहोस!

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स’चिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अं’गिकृत नागरिकता दिने नि’र्णय गरेको छ। लुवाटारमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘आजको बैठकमा संसदमा वि’चाराधीन रहेको नागरिकता विधेयकको कतिपय प्रा’वधानहरूको बारेमा छलफल भयो,’ श्रेष्ठले भने, ‘जसअनुसार नेपाली पु’रूष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगिकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकालियो। नेपाली नागरिक पुरूषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पु”ष्टि भएपछि, आफ्नो विदेशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने प्रक्रिया चलाएको प्रमाण पेश गरेपछि स’म्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता पाउनु उपर्युक्त हुन्छ भन्ने नि’ष्कर्ष निकालेको छ।’

विदेशी महिलाले नागरिकता त्याग गरेको प्रक्रिया चलाएको प्रमाण पेश गरेपछि अं’गिकृत नागरिकता दिन सकिने नेकपाको भनाइ छ। ‘सामाजिक, साँ’स्कृतिक, आर्थिक सम्पूर्ण अधिकार विवाह गरेर आएको दिनदेखि नै प्राप्त गर्न सक्ने गरी उहाँहरूलाई आवासीय परि’चयपत्र प्रदान गरिनेछ,’ श्रेष्ठले भने।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?