मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“मेटमणि चौधरिले, १० दस भाई,लाई लिएर, गरेको, यस्तो घोषणाले,तर्सिय,ओलि र एमाले, कार्यकर्ता” 

“नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले १० भाइ छिट्टै एकीकृत समाजवादीमा फर्कन बताएका छन् ।”

“बुधवार भैरहवामा आयोजित पत्रकार भेटघाटमा चौधरीले घनश्याम भुसाल लगायतका नेताहरू बाटो बिराएको बताएका हुन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनपछि एमाले रोजेका १० भाइलाई लखेट्ने काम गरेको आरोप लगाएका छन्।”

“रनभुल्ल भएर उहाँहरू ओली पार्टीमा हुनुहुन्छ, एमालेको महाधिवेशनअगाडि नै समाजवादीमा आउनुहुन्छ,’ चौधरीले भने। वर्तमान गठबन्धन निर्वाचनपछि पनि निरन्तर रहने उनको भनाइ छ।”

“जबसम्म हामीले योग्यता क्षमता निर्माण गर्न सक्दैनौं, तबसम्म गठबन्धन रहनेछ,’ उनले भने। नेपालको कम्युनिष्ट आन्दोलन अत्यन्तै अफ्ठयारो अवस्थामा रहेको उनले बताए।”

“नेकपा एस निर्माण नभएको भए नेपालको कम्युनिष्ट आन्दोलन आँखा अगाडि समाप्त भएको देख्नुपर्दथ्यो, यो खालको अवस्था आइसकेको थियो, आज एकीकृत समाजवादी निर्माण गरेर समाप्तरविघटन गर्न लागेको नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरि पनि सेभ गरेका छौं।”

“यसमा हामी सफल भएका छौं, समृद्ध बनाउने ठाउँमा छौं,’ उनले भने।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?