मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“विद्युत आपूर्ति रोकिएपछि, कुलमान आफैं पुगे,भरतपुरको सबस्टेसन”

1 min read

“काठमाडौं । चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या परेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवन पुगेका छन् । मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ ।”

“भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।”

“विद्युत आपूर्ति सुचारु गराउनका लागि प्राविधिकहरुले काम गरिरहेपनि ढिलाइ भएपछि घिसिङ आफैं बुधबार मध्यान्ह भरतपुर पुगेका हुन् । उनले समस्याबारे जानकारी लिएर सकेसम्म छिटो विद्युत आपूर्तिको व्यवस्था गर्न छलफल र पहल गर्ने प्राधिकरणले बताएको छ ।”

“तिहारमा नै उपभोक्ताले लामो समय बिजुली नपाउने अवस्था बनेपछि काम छिटो गर्न प्राविधिकलाई हौसला होस् र परेका समस्याहरु फुकाउन सहज होस् भने उहाँ चितवन पुग्नु भएको हो,’ घिसिङको सचिवालयका एक कर्मचारीले भने ।”

“घिसिङले भारतपुर पुगेलगत्तै समस्या समाधानका लागि सबस्टेसनमै पुगेर छलफल थालेका छन् । तिहारको समय भएकाले विद्युत आपूर्ति घण्टौं रोकिने अवस्था आउनु दुःखद् भएपनि समाधानको लागि विज्ञ प्राविधिक टोलीले काम थालेकाले छिट्टै आपूर्ति सुरु हुने प्राधिकरणले बताएको छ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?