मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“तिहारमा अध्यारो, बनाउँने चलखेल, भए पछि, कुलमान उत्रिए, एक्सनमा”

1 min read

ल”झिलीझिली बत्तीको पर्व तिहारमानै अध्यारोमा राख्ने चलखेल बुझे पछि नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ एक्सनका उत्रिएका छन् ।”

“समय काम नसक्ने कर्मचारीहरुलाई कुलमानले सार्वजनिक रुपमै झपरेका छन् । किन समयमा काम भएन जात्रा हेर्न गएर भन्दै उनले झाँको झारेका थिए । काम नसकेर तिहार अध्यारो भयो भने राम्रो नहुने चेतावनी पनि उनले दिएका छन् ।”

“चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या परेपछि बुधबार मध्यान्ह नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवनको ९भरतपुर० बसेनी सबस्टेसन पुगे । उनलाई हिजो दिउँसोदेखि नै सबस्टेसनमा धमाधम पुरानो ट्रान्सर्फमर हटाएर नयाँ राख्न काम भइरहेको रिपोर्टिङ थियो ।”

“तिहारको मुखमा सबस्टेसन नै बन्द भएपछि घिसिङले सबैखालको प्रयास गर्न निर्देशन दिएका थिए । तर, उनी भरतपुर पुग्दा जसरी काम भइरहेको देखे, उनलाई चित्त बुझाएनन् । सबस्टेसनमा ४-५ जना मात्रै प्राविधिकले काम गरिरहेको देखेपछि घिसिङले असन्तोष व्यक्त गरे ।”

“उनले कर्मचारीहरुलाई गम्भीरतापूर्वक काम नभएको भन्दै गति बढाउन आग्रह गरे । तिहारजस्तो उज्यालो पर्वमा ग्राहकलाई बिजुली दिन नसक्ने बिडम्बनापूर्ण अवस्थाको सम्वेदनशीलता बुझ्न अनुरोध गरे ।”

“तर, कर्मचारीले हिजैदेखि आफू निरन्तर सबस्टेसनमै बसेर ‘फोकस’ भएर काम लगाएको भन्दै रिपोर्टिङ गरेपछि घिसिङले फिल्डमै असन्तुष्टि पोखे । ‘तपाईं हरेको हेरेकै, अनि पाँच जनाले काम गरेर हुन्छ त यहाँ ,’ उनले कर्मचारीसँग झोक्किएरै भने,’यहाँ जात्रा हेर्न आउनु भएको ?’

“उनले फिल्डमा काम गरिरहेको प्राविधिकहरुसँग पनि सम्वाद गरे । प्राविधिकहरुले अहिलेको गतिले काम गर्दा निकै ढिलाइ हुने बताए ।कार्यकारी निर्देशक घिसिङले मर्मतको काम गरिरहेका प्राविधिक टोलीको नेतालाई चाहिए जति जनशक्ति बोलाएर काम लगाउन आग्रह गरे । ‘काम गर्नेहरुले जे खान चाहानुहुन्छ, दिनुस्, खसी नै काटेर खानुहुन्छ भने पनि हामी गर्दिन्छौं, कति श्रमिक र पैसा चाहिन्छ भन्नुस्,’ घिसिङले प्राविधिक टोलीका नेतासँग भने,’२०-३० जना कति मान्छे चाहिन्छ तुरुन्तै ल्याउनुस्, तपाईं जे भन्नुहन्छ, म गर्दिन्छु ।’

“घिसिङले अर्को ट्रान्सर्फमर बिहीबार विहानसम्म आइपुग्ने भएकाले बुधबार साँझसम्म पुरानो हटाएर तयारीको काम गर्न आग्रह गरे । जसरी भएपनि बिहीबार लक्ष्मीपूजाको दिन भएकाले जसरी पनि विद्युत आपूर्ति गर्ने गरी काम गर्न घिसिङले निर्देशन दिए ।”

“मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ ।ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्ऽ अन्तर्गत भरतपुर महानगरपालिका१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।”

“तिहारमा नै उपभोक्ताले लामो समय बिजुली नपाउने अवस्था बनेपछिसमस्याहरु फुकाउन भन्दै घिसिङ चितवन पुगेका थिए ।””

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?