मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“गगन थापाको घोषणा ,कुनै पनि, हालतमा, प्रचण्ड र माधव नेपालसँग, गठबन्धन गरिदैँन”

“नेपाली काग्रेसका युवा नेता तथा प्रतिनिधी सभाका सदस्य गगन कुमार थापाले आगामी निर्वाचनमा काग्रेसले कुनै पनि पार्टी सँग गठबन्धन नगर्ने प्रष्ट पारेका छन् ।”

“काग्रेस एक्लैले बहुमत ल्याएर सरकार चलाउँने दावी गर्दै थापाले चुनावमा कुनै पनि पार्टी सँग गठबन्धन काग्रेसले नगर्ने बताएका छन् । प्रचण्ड, माधव नेपाल जो सुकै भए पनि अब काग्रेसले आफ्नो सिट घटाएर बोक्न नसक्ने थापाले प्रष्ट पारेका छन् ।”

“कांग्रेस एक्लै चुनाव लड्छ, सानदार ढंगले लड्छ । र, प्रचण्ड बहुमत ल्याएर चुनाव जित्छ । पाँच वर्षसम्म कांग्रेसले एकलौटी सरकार चलाउँछ । त्यतिञ्जेलमा कांग्रेसले यत्रो समयदेखि थुप्रिएर रहेका समस्याहरुको समाधान गर्नुपर्नेछ,’ भक्तपुरको गुण्डुमा बुधबार कांग्रेसको सभालाई सम्बोधन गर्दै नेता थापाले भने, ‘अब हामीसँग धेरै समय छैन ।”

“उनले कांग्रेसको कसैसँग मिलेर चुनाव लड्ने ‘क्यारेक्टर’ नै नभएको दाबी गरे । ‘हामीले कसैसँग मिलेर चुनाव लड्छौँ भन्दैमा हाम्रो कार्यकर्ताले अर्को पार्टीलाई गएर भोट हाल्दैनन् ।”

“मेरो निर्वाचन क्षेत्रमा मैले २५ हजार मत पाएँ । मैले मेरो पार्टीका क्रियाशील सदस्यलाई दुई गुणा गर्दा, मेरो सम्पर्कमा भएका समेतगरी १० हजार मान्छे चिनौँला, बाँकी रहेको १५ हजार भोट कसले हाल्यो ?मलाई नै थाहा छैन,’ उनले प्रश्न गर्दै भने, ‘अनि मैले मेरो निर्वाचन क्षेत्र हो भनेर अर्कोसँग तालमेल गर्दैमा त्यो भोट त्यता जाने हो र ? थापाले भनेका छन् ।”

“माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको मुखैमा गठबन्धन भन्ने शब्द झुण्डीएको छ । काग्रेस सँग गठबन्धन गरेर एमाललेलाई चुनावमा हराउँछौ भन्दै हिडका प्रचण्ड नेपालाई थापको यस्तो घोषणाले झस्का दिएको छ ।””

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?