मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरिता गिरीलाई प’क्राउ गर्न माग गर्दै ज्ञानेन्द्र शाही पुगे टेकु प्रहरी कार्यलय ,के भयो? (भिडियो सहित)

काठमाडौँ, असार। नेपाली भु’मी लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको क्षेत्र भारतको भन्ने अभिव्यक्ति दिदै आएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गरेको र कालो झ’ण्डा राखेको आ’रोपमा हेमराज थापा प’क्राउ परेका छन्।

स्थायी घर बा’जुरा भई काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापा न्यू’रोडबाट प’क्राउ परेका हुन् । थापा लगायत अन्य युवाहरुले सरिता गिरीको विशालनगरस्थित घरमा मंगलबार उनीहरुले तो’डफोड र कालोझण्डा देखाएका थिए ।

उक्त घटना पछि आफु अ’सुरक्षित भएको भन्दै सरिता गिरीले प्रहरीलाई खबर गरेकी थिइन् ।सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि सो अद्यावधिक नक्शा राख्नका लागि दर्ता गरेको संविधान सं’शोधन विधेयकलाई सरिता गिरीले खारेज गर्न अर्को संशोधन प्रस्ताव द’र्ता गराए पनि सभामुखले गिरि कै प्रस्ताव खारेज गरेका थिए । उनको यो कदम पछी आफ्नै पार्टीले पनि कारवाही गर्ने चेतावनी समेत दिईसकेको छ । तर अहिले सम्म का’रवाही भने गरेको छैन।

यसै बीच नेपालका लागि नेपालीका अभियान्ता ज्ञा’नेन्द्र शाही हेमराज थापालाई भे’ट्न टेकु पुगेका छन् । उनले हेमराजलाई छिटो रिहाई गर्न र सरिता गीरीलाई प’क्राउ गर्न माग गरेका छन ।

भिडियो हेर्नको लागि:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?