मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बुलन्द आवाजको पहलमा विभिन्न सहयोगी मनहरुको सहयोगमा पिडितको घर बनाउने कार्य सम्पन्न(भिडियोसहित)

1 min read

राजन नेपाल!आर एन बुलन्द मिडियाबाट प्रस्तुत हुने कार्यक्रम बुलन्द आवाजको आजभोली जताततै चर्चा चलेको पाईएको छ । बुलन्द आवाजको उदेश्य अनुरुप सत्कर्म दिनदिनै उच्च शिखर तर्फ लम्किदै गएको आँकलन संन्जाल हेर्दै गर्दा अनुमान गर्न सकिन्छ ।

बुलन्द आवाज परिवारले निक्कै नै राम्रो सत्कर्महरु गर्दै आएको छ । कोभिड-१९ कोरोनाको कारणले गर्दा लकडाउनमा पिर अनि मार्का झेल्दै आएक विभिन्न विपन्न बर्गहरुको घर घरमा गएर राहत वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।


बुलन्द मिडियाका प्रस्तोता आदरणीय राजन नेपाल सर लगायत सम्पुर्ण सत्कर्मी मनहरुको मिलेमतोमा निक्कै नै कष्टकर जीवन बिताई रहनु भएका माईला श्रेष्ठको घर बनाउने कार्य हालसलै सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

बुलन्दका प्रस्तोता नेपाललाई गाउँलेहरुले पिडितको अवस्था जानकारी दिएसँगै नेपालले पीडितको स्थिती बुझीँ त्यो कहालीलाग्दो भिडियो संन्जालमा सम्प्रेषण गरें सँगै विभिन्न सहयोगी मनहरुबाट सहयोग प्राप्त भइ पिडित श्रेष्ठको घर बनाउने कार्य सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

नेपाल लगायत अन्य सत्कर्मी मनहरुले समेत श्रमदान तथा आर्थिक साथै भौतिक सहयोग गरेका हुन् । बुलन्द आवाजमा सम्प्रेषण भएका अनेकौं भिडियोहरु हेर्दै गर्दा साँच्चिकै बुलन्द आवाजले समाजमा राम्रो छाप छोड्दै आएको पाईएको छ ।

आगामी दिनहरुमा पनि बुलन्द आवाजको पहलमा अनेकौं पिडितहरुको उद्दार हुनुको साथै विकाशिल कार्यहरु सम्पन्न होस् भनी मेचीमहाकाली.नेट परिवार कामना व्यक्त गर्दछ ।

साथै पिडित माईला श्रेष्ठ ज्यु को घर बनाउनमा जुनसुकै रुपबाट सहयोग प्रदान गरि पुण्य कमाउनुहुने सम्पुर्ण सहयोगी मनहरुलाई नमन तथा उच्च सम्मान यो मेचीमहाकाली.नेट परिवार व्यक्त गर्दछ ।

बाँकी कुरा बुझ्नको लागि भिडियो :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?