मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बाबुराम भन्छन्– मौका यही हो, निजी विद्यालय र अस्पतालहरु राष्ट्रियकरण गरौं,,ताली या गा’ली?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले नि’जी विद्यालय र स्वास्थ्य संस्थाहरु राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव अघि सा’रेका छन् । निजी विद्यालयहरुले आफ्ना कर्मचारी र शिक्षकहरुलाई तलब खुवाउन नपाएको भन्दै अ’भिभा’वकहरुसँग ल’कडाउन अव’धिको शुल्क मा’गेपछि बा’बुरामले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

सामाजिक सञ्जाल ट्वि’टरमार्फत बाबुरामले शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गर्नुपर्छ भन्दै भनेका छन्, ‘निजी शिक्षण संस्थाको अस्तित्वमाथि प्र’श्नचिन्ह लागेकाले’ पढाउँदै नपढाएको वेलाको पनि शुल्क चाहियो भन्नु हास्यास्पद !

शिक्षा र स्वास्थ्य क्षेत्रलाई मु’नाफाको क्षेत्र बनाएर राज्यले पहिले नै ठूलो गल्ती गरेको थियो। यसले गल्ती सच्याउने राम्रो अवसर हु’नसक्छ ।शिक्षा स्वास्थ्यको राष्ट्रियकरण गरौं !’

निजी शिक्षण संस्थाहरुले लकडाउनको कारण बन्द रहेको अवस्थामा अर्थात प’ढाउँदै नपढाएको बेलाको पनि शुल्क चाहियो भन्नु हाँ’स्यास्पद भएको बा’बुरामको टिप्पणी छ ।

आइतबार मात्रै नि’जी विद्यालयहरुको संगठनले लकडाउन अवधिको शुल्क तिर्न आउन अ’भिभावकहरुलाई सार्वजनिक आव्हान गरेका थिए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?