मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

डा. रिजालको प्रश्न ‘मेरो बुहारीलाई नेपाली नागरिकतामा बन्देज किन लगाउने ?’

काठमाडौं, असार । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले विदेशी वुहारीलाई ७ वर्ष पछि नागरिकता दिने सरकारको निर्णयको विरोध गरेका छन् । उनले आफ्नै वुहारीको उदाहरण दिँदै आफ्नी वुहारीलाई ७ वर्ष पछि नागरिकता दिने निर्णयको विरोध गरेका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो वुहारी पनि विदेशी भएको र सरकारले गरेको निर्णयले आफ्नो वुहारीलाई अन्याय गरेको उल्लेख गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ५८ वर्ष अघिदेखि कायम रहेको नागरिकता ऐन संविधान विपरीत हुनेगरी सामान्य बहुमतले संसोधन गराउने कम्यूनिष्ट पार्टीको निर्णयले गलत नजिर स्थापित गर्छ। भविष्यमा यसले नागरिकता ऐनलाई समर्थनको शर्त र सरकार परिवर्तनसँगै फेरिने ऐन बनाउँछ। देशकालागी यो अहितकारी बाटो हो, बेलैमा होस पुर्र्याऔं।

उनले अर्को ट्वीटरमा पनि सोही कुरा उल्लेख गर्दै सरकारी निर्णयको विरोध गरेका छन् । उनी लेख्छन्प,हिले हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध सीमित थियो। आज हामी ३ करोड मध्ये झण्डै ५० लाख भारत बाहेकका देशमा रोजगारी, व्यवसाय गरी विप्रेषण पठाउनेको देश हौं। समय र परिस्थितिसँगै वैवाहिक जीवन, त्यसपछि सन्तानको भरण(पोषणलाई ध्यानमा राखेर गर्ने निर्णयका कारण तिनलाई अनागरिक वा विदेशी नबनाऔं।

नेता रिजालले अंगिकृत नागरिकताको वहस सुरु भएदेखि नै सामाजिक सञ्जालमा आफ्ना भनाई सार्वजनिक गर्दै आएका छन् । सोही विषयमा उनले लेखेको अर्को ट्वीट ।
कथा महोत्तरीका अर्जुन साहको हो, सुन्सरीको इटहरीका विजय साहको हो। त्यस्तै अरू धेरै नेपाली हो। त्यसमध्ये अक्टोबरमा जन्मने मेरो नातिको पनि हो। ५८ वर्ष अघि २०१९ सालदेखिको संवैधानिक, कानूनी व्यवस्था अनुसार वंशजको आधारमा नागरिक हुने उसलाई नयाँ कानूनले गैरआवासीय नेपाली नागरिकता दिन्छ।

नेता रिजा’लले आफ्नो वुहारी पनि विदेशी भएको भन्दै भारतले गरेको गल्तीको सजाय आफ्नो बुहारीलाई दिन नमिल्ने बताएका छन् । रिजाल लेख्छन्

कथा प्रीति कौरको हो। तर उनको मात्रै होइन, अरू धेरै नेपाली मनको हो। मेरो बुहारी चीनीया मूलकी अमेरिकी हुन। भारतसँग उनको कुनै साइनो सम्बन्ध छैन, भारतीय भू’भाग टेकेकी पनि छैनन्। लामो समयदेखि भारतले हाम्रो भूभाग अति’क्रमण गरेको छ। तर यो कारणले उनलाई नेपाली नागरिकतामा बन्देज किन लगाउने ?

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?