मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

MCC का पक्षमा भोट हाल्ने सांसदलाई जिल्लाजिल्लामा ब’हिष्कार गरिन्छ : गजुरेल,,हेर्नुहोस!

1 min read

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) का नेता तथा देजमोका संयोजक सीपी गजुरेल ‘गौरव’ ले नेपालमा एमसीसी सम्झौता लागू भयो भने ने’पाल एउटा र’णभूमिमा बदलिने बताएका छन् ।

राष्ट्रिय जागरण म’ञ्च नेपाल, देजमो, म’साललगायत ११ दलीय संयुक्त मोर्चाले मङ्गलबार काठमाडौँमा आयोजना गरेको संयुक्त प्रदर्शनपछि आयोजित सभामा सम्बोधन गर्दै गजुरेलले एमसीसी नेपालको संसद्बाट पारित भई लागू भएमा नेपाल ठूला शक्तिराष्ट्रहरूको यु’द्धक्षेत्र बन्ने चे’तावनी दिए ।

नेपाललाई र’णभूमि बन्न दिने कि नदिने भन्ने प्रश्न उठेको प्रस्ट पार्दै गजुरेलले भने, ‘ए’कथरी मान्छेहरू खाएको पैसा पचाउनलाई एमसीसी सम्झौता पास गर्न ठिक्क परेर बसेका छन् । हामी उनीहरूलाई आ’ग्रह गर्दछौँ– एम’सीसीका पक्षमा भोट हाल्ने सांसदलाई भोलि जिल्लाजिल्लामा बहिष्कार गर्नेछौँ ।’ स्मरणीय छ, नेकपाले यसअघि नै एमसीसी पारित गर्ने सां’सदहरुलाई जिल्लामा का’रबाही गर्ने सा’र्वजनिक गरिसकेको छ ।

सभामुखलाई ए’मसीसी प्रस्ताव टेबुल नगर्न र सांसदहरूलाई भोट न’हाल्न तथा बहसमा भाग नलिन आग्रह गर्दै गजुरेलले एम’सीसीविरुद्ध सत्ताधारी पार्टीमै केपी वली अल्पमतमा रहेको र एम’सीसीविरुद्ध ठूलो ज’नमत तयार भएको बताए ।

५५ अर्ब पचाउनलाई कतिपय दलालहरू र्या’ल काढेर बसेको भन्दै गजुरेलले ए’मसीसी परियोजना खारेज गर्नुपर्छ भन्नेहरूलाई द’मन गर्ने केपी वलीले नक्सा जारी गरेर देखाएको देखावटी रा’ष्ट्रवाद एमसीसीमा आएर बाग’मतीमा बगाइदिएको बताए ।ई-रातो खबर बाट!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed