मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतले ओली सत्ताबाट हटेको हेर्न चाहेको हो तेसैले नेताहरु भारतको काम गर्दै छन्, सहि हो कि गलत ?

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली कुनैबेला नेपालका नेताहरुमध्ये भारतका परममित्र थिए । उनले विगतमा भारतको स्वा,र्थमा साथ दिएको विभिन्न समयका कदमहरुबाट पुष्टि हुन्छ ।ओलीले महाकाली सन्धीको बेलामा तत्कालिन नेकपा एमालेको भविष्यलाई नै दाउमा राखेका थिए । ओली महाकाली सन्धीको पक्षमा उभिएर ४ असोज २०५३ मा संसदबाट पारित गराउन मुख्य भुमिका निभाए । उक्त कदमले एमाले नै विभाजित भयो ।

ओली २०५१ सालमा मनमोहन अधिकार नेतृत्वको सरकारमा गृहमन्त्री हुँदा देखि नै भारतसँगको सम्बन्ध बलियो बनाएका थिए । पदमा नरहँदा पनि उनी भारतको राजनीतिमा प्रभाव राख्नेहरुसँग नजिक थिए । ओलीको भारत आवतजावत निकै बाक्लो हुन्थ्यो । यतिसम्मकी उनले पहिलो मृगौला प्र,त्यारोपण पनि भारतमा गराएका थिए । भारतका बौद्धिक जगतसँग पनि ओलीको बाक्लो उठबस थियो । उनी विश्वविद्यालयका प्राध्यापकहरुलाई भेट्न समेत आफै पुग्थे । यसरी ओली भारतसँग मित्रवत सम्बन्ध भएका नेताका रुपमा गनिन्थे ।तर, घ,टनाक्रम निकै परिवर्तन भएको छ । उनी पछिल्लो समय चीनसँग नजिकिएको विश्लेषण भइरहेको छ । यतिसम्मकी उनको ढल्नै लागेको सरकार समेत चीनले बचाइदिएको भन्न थालिएको छ ।

भारतले ओली मित्र भएर पनि उसको नेपाल मामलामा रहेको चासोलाई बिगारेको विषय बाहिर आएको छ । टाइम्स अफ इन्डियाले हिजो यस्तै समाचार प्रकाशित गर्यो । बरु प्रचण्डको भारतसँग उतिसारो मत्रिवत सम्बन्ध नभएको तर ओलीको भाइकन पनि ओलीले भारतको स्वा,र्थलाई बिगारेको उल्लेख गरेको छ । ‘प्रचण्ड भारतप्रति त्यतिसारो मित्रवत नभएपनि ओलीले जतिको भारतको स्वा,र्थलाई ओलीले जति बि,गारेका छैनन्,’ टाइम्स अफ इन्डियाले लेखेको छ ।ओलीविरुद्ध नेकपाभित्र वि , द्रो, ह भइरहेको घ,टनालाई भारतले नियालिरहेको भन्दे राजीनामाको प्रसंग उठिरहेकोमा ग,म्भीरता देखाएको छ । स्रोतको नाम उल्लेख नगरी टाइम्स अफ इन्डियाले ओलीको सम्भावित राजीनामा बारे लेख्दै दिन ठ्याक्कै भने भन्न नसकिने उल्लेख गरेको छ ।

ओलीले पार्टीभित्र राजीनामा मागिएपछि चु,नौती झेलिरहेको लेखेको छ । नेकपा स्थायी कमिटि बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डबीच आ,रोप प्र,त्यारोप भएको विषय पनि उल्लेख गरेको छ । ओलीले सत्तामा टिक्न अनेकन वि वा दास्पद कदम चालिरहेको समाचारमा उल्लेख छ । भारतीय पक्षले ओलीले नक्शा जारी गर्ने देखि पछिल्लो समय चालेको कदम सत्ता टिकाउने अस्त्रका रुपमा प्रयोग गरेको बुझाई टाइम्स अफ इन्डियामा छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?