मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बेलायती राजकुमार ह्यारी राजपरिवारबाट अलग हुने

बेलायतकी महारानी एलिजाबेथका नाति राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट बाहिरिने निर्णय गरेका छन् । उनीहरुले राजपरिवारबाट अलग्गिएर आफुलाई आर्थिक रूपमा स्वतन्त्र बनाउन आफैं काम गर्ने बताएका छन् ।

राजकुमार ह्यारी र मेगनले एक बयान जारी गरेर अब उत्तरी अमेरिमा र ब्रिटेनमा आफ्नो समय बिताउने बताएका छन् ।
बीबीसीका अनुसार उनीहरूले उक्त निर्णय लिनुअघि शाही परिवारका कुनै पनि सदस्यसँग सल्लाह लिएका थिएनन् । उनीहरुको यो निर्णयले शाही परिवार निराश भएको बताइएको छ । यो घटनाले राजपरिवारका वरिष्ठ सदस्यहरूलाई दु:खी बनाएको छ ।

बुधबार अप्रत्याशित रुपमा उनीहरूले राजदरबारबाट अलग्गिने निर्णय गरेको कुरा आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका थिए । धेरै महिना विचार विमर्श गरेर उनीहरू उक्त फैसलामा पुगेको दुबैले बताएका छन् ।

उनले भने, ‘हामी शाही परिवारको वरिष्ठ सदस्यको हैसियतबाट हटन चाहन्छौँ । आर्थिक रूपमा स्वतन्त्र हुन काम गर्न चाहन्छौं । यसको साथै महारानीलाई हाम्रो सधैँ समर्थन रहने छ ।’

उनीहरुले अब ब्रिटेन र उत्तरी अमेरिका दुबै ठाउँमा बस्ने बताए । राजकुमार ह्यारीले भने, ‘भौगोलिक सन्तुलनको कारण हाम्रोछोरोलाई शाही तरिकाले हुर्काउन सहयोग पुग्नेछ । यसबाट हामीलाई जीवनको नयाँ अध्यायमा केन्द्रित हुने समय पनि मिल्नेछ र हाम्रो नयाँ सहयोगी संस्था सुरु गर्ने अवसर पनि मिल्नेछ ।’

बीबीसीका शाही संवाददाता जोनी डायमंडका अनुसार शाही परिवारले उनीहरु यो फैसलाबाट दुखी भएको बताएका छन् ।

राजपरिवारका पूर्व प्रेस सल्लाहकार डिक्की आर्बिटर प्रिन्स ह्यारीको यो फैसलाबाट उनले दिमागले नभएर दिलले सोचेको कुरा प्रमाणित हुने बताएका छन् । उनले राजकुमारको छोरो आर्ची जन्मिने बेलामा मिडियाले गरेको व्यवहार पनि उनको यो फैसलाको एक कारण रहेको बताए ।

बीबीसीका शाही संवाददाता जोनी डायमंडले उनीहरुले प्रशस्त पैसा जोगाएर राखेको बताएका छन् । उनका अनुसार राजकुमार ह्यारीले उनकी आमाबाट विरासतमा धेरै पैसा पाएका थिए, मेगनले पनि कलाकारिताबाट टन्नै पैसा कमाएर राखेकी छिन् ।

शाही सिंहासनमा राजकुमार ह्यारी छैठौं स्थानमा छन् । उनीभन्दा अगाडि राजकुमार चाल्र्स, राजकुमार विलियम र उनका तीन बच्चा रहेका छन् ।

स्रोत : बीबीसीबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?