मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अन्य अभियानमा साथ पाए झैं स्वास्थ्य चौकी निर्माणको अभियानमा पनि सबैको साथ पाउँनेमा आशावादी छु:प्रस्तोता नेपाल

काठमाण्डौं। बुलन्द मिडियाका प्रस्तोता एवम् अध्यक्ष श्री राजन नेपाल भन्ने बित्तिकै सत्कर्मी मनहरुले नचिन्ने कुरै हुँदैन । चर्चित सञ्चारकर्मी रबि लामिछानेको नेतृत्वमा निर्माण हुँदै गरेको राष्कोट सामुदायिक अस्पतालमा एक अभियान्ता भएर अनेकौं घुम्तीहरुमा सेवामा तल्लिन नेपालको जीवन यापन अहिले सत्कर्ममा नै व्यतित छ ।

प्रस्तोता नेपाल र सहयोगी मनहरुले अभियान पश्चात् राष्कोट सामुदायिक अस्पतालको निम्ति चर्चित संन्चारकर्मी रबी लामिछानेलाई रकम हस्तान्तरण गर्दै ।

कहिँले माईला श्रेष्ठको घर बनाउने अभियानमा तल्लिन त कहिँले हिलाम्मे सडकको कठिन यात्रालाई छिचोल्दै बाराका बाढी पिडित र पर्साका बाढी पिढितलाई राहत वितरण गर्न व्यस्त । नेपालको निस्वार्थ भावना र कर्मले गर्दा सबै मनहरुले मन पराउँदै आउँनु भएको पाईएको छ ।

माईला श्रेष्ठको घर निर्माण पश्चात् प्रस्तोता नेपाल र माईला श्रेष्ठ नयाँ घर सँगैं ।

माईला श्रेष्ठ पहिला छाना नै बिनाको घरमा बेचैन तरिकाले कष्टकर जीवन बिताई रहेको परिपेक्षमा सत्कर्मी मनले त्यो खबर बुलन्द मिडियाका अध्यक्ष नेपाल सम्म पुर्याईदिनु भयो र नेपालेले स्थलगत रिपोर्टिङ गर्दै गर्दा सबैको हृदय छियाछिया भएर घर बनाईदिने सत्कर्ममा जुट्नु भयो । सबै सत्कर्मी मनहरुको अमुल्य सहयोगले गर्दा पहिलेका छाना बिहिन श्रेष्ठ अहिले मस्तको घरमा खुशीसाथ जीवन चलाउँदैछन।

यत्तिमात्र नभै नेपालले आँफ्नो क्षमताले भ्याउन्जेल धेरै नै सहयोग गर्दै आएको पाईएको छ । त्यो छर्लङ्गै बुलन्द मिडियामा हेर्न र मुल्यांकन गर्न सकिन्छ । सन्चारकर्मी रबी लामीछानेको नेतृत्वमा बन्दै गरेको राष्कोट सामुदायिक अस्पताल लाई अभियान नै सन्चालन गरि अनेकौं तवरले सहयोग गर्दै आएका प्रस्तोता नेपालले घुम्दै र बुझ्दै जाने क्रममा तारकेश्वर एक को कुन्चिप्वाकल भन्ने ठाउँमा अर्को राष्कोट पाएँ । त्यो क्षेत्रको गहिरो अध्ययन पश्चात् नेपालले त्यँहा स्वास्थ्य चौकीको अत्यन्तै आवश्यक देखे पश्चात् पुन निरन्तर अभियानमा जुटेका छन् ।

नेपालले जानकारी दिए अनुसार लगभग स्वास्थ्य चौकी बनाउँने अभियानमा विभिन्न सहयोगी मनहरुको सहयोग प्राप्ती ६/७ दिनमा नै लगभग ५/६ लाख संकलन भएको र सहयोग आउँने क्रम जारी रहेको छ । सत्कर्ममा सदैव समय खर्चिने नेपालको जिवनयापन सामान्य भए पनि हृदय विशाल छ त्यसैले त सेवामा सदैव तल्लिन छन।

नेपालले आफ्नो सामाजिक संजाल फेस्बुकमा लेख्दै भन्छन् ,”यो चेक अनि मुस्कान केवल हजुरहरुका आशिर्वाद का कारण हो हिजो #रास्कोट_सामुदायिक_हस्पिटल को अभियान्ता भएर काम गर्दैगर्दा जुन माया र सम्मान हजुरहरुले दिनु भयो त्यो पल म कहिल्यै भुल्न सक्तिन सायद त्यसैले होला आज नागरिकतामा काठमाडौ लेखिएको तर भोगाई हरु कुनै दुर्गम भन्दा कम नरहेको त्यो ठाउँ जसलाई तारकेश्वर नगरपालिका को १ भन्ने गरिन्छ। निकै बौद्धिक ब्याक्तित्व हरुको बासस्थान रहेको तारकेश्वर तर कुन्नी किन हो बिकास र समृद्धि भने यहाँ #एका_देशमा भनेझैं देखिन्छ । यद्यपि धेरै कुराको हावी भएको साबिक साङ्ला गा. बि. स. र त्यहाँ बस्ने बुवाहरुको कथालाई आत्मसात गर्दै हाम्रो क्यामराले ती सबै कुराहरू कैद गरेपछि आज हामी सामान्य हेल्थपोस्ट बनाउने अभियानमा छौँ हिजो झै आज पनि हाम्रो अभियानलाई मुर्तरुप दिनुहुन्छ भन्नेमा पुर्णतः आसावादी छौँ।”

नेपालको अनुरोधलाई सबैले आत्मसाथ गर्दै आ आफ्नो तवरबाट आँफ्नै तरिकाले सहयोग गर्नुहुन्छ होला भन्ने हामी मेचीमहाकाली परिवार पनि आशावादी छौं साथै विभिन्न सहयोगी मनहरुलाई नमन र प्रस्तोता नेपाललाई अभियान सफलताको लागि अग्रिम सुभकामना व्यक्त गर्दछौं ।

केहीँ भिडियोहरु हेर्नुहोस र सदैव हेर्नको निम्ति सब्स्क्राईब गरि जोडीनुहोस :

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?