मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सकिन्छ आँफुले क्षमता देखाई विश्व रेकर्ड राखौं, सकिन्न अघाडी बढ्नेलाई बाधा नपुर्याऔं: त्रिपाठी

1 min read

✍️वरिष्ठ पत्रकार विनोद त्रीपाठी

स्मरण क्षमतामा विश्व रेकर्ड कायम गरेका बिजय शाहीलाई अनावश्यक दिक्क बनाउने तुच्छ काम कसैवाट नहोस ।

उनलाई क्रस चेक जांच गर्ने अधिकार कुनै पनि बकम्फुसेलाई छैन । बिजयलाई हैरान पार्नेहरुलाइ सरकारले रोक्नपर्छ ।

हामी नेपाली आ-आफ्नो काममा ध्यान नदिइ अरुले के प्रगति गर्‍यो अनि त्यसलाई उछितो काढ्न समय खर्चन्छौं । सकिन्छ अरुको प्रगतिमा खुशी बनौं , सकिन्न किन हतोत्साहित पार्न पछयाउने ? आफनो के काम हो त्यो मात्र गरौं न ।

हामीले पनि कुनै काम गरेर बिश्व रेकर्ड राखौं , तर अघि बढिरहेकालाइ कदापी Distrub नगरौं । थोरै भएपनि सहयोगी र विबेकशिल बनौं । विजयको बिश्व रेकर्डमा हामी सबै उच्च भावनाका साथ खुशी बनौं ।

अरुको प्रगतिमा हुने खुशीका कारण विभिन्न बिधामा धेरैलाई बिजय शाहीलाई जसरी बिश्व रेकर्ड राख्न उत्साह प्रदान गर्नेछ । Huge Congratulations Bijaya shahi.

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?