मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रधानमन्त्री र प्रचण्डको सकियो भेटवार्ता, “भयो यस्तो सहमति” निकाले यस्तो निश्कर्ष…पुरा पढ्नुहोस ।

1 min read

काठमाडौ : नेपाल कम्यु’निष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा अ‍ोली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा उहाहरुबीच निरन्तर छलफल चल्दै आएको छ ।

तीन दिनको अन्तरालपछि भएको दुई अध्यक्षबीचको वा’र्ता सकारात्मक रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो १२ बजे बालुवाटार पुग्नुभएको उहाँका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा ‘जुगल’ ले बताउनुभयो ।

दुई अध्यक्षबीच करिब ४५ मिनेट वा’र्ता भएको र वा’र्ता सकारात्मक रहेको बताइएको छ । पार्टीभित्रको किचलो लामो समयसम्म जारी रहेपछि अध्यक्ष ओलीले त्यसको दी’र्घकालिन समाधानका लागि महा-धिवेशन चाडो गराउनुपर्ने प्रस्ताव सार्नु भएको छ । उहाले सकिन्छ भने मंसिरमै महा-धिवेशन गराउन प्रस्ताव समेत गरिसक्नु भएको छ ।

सोही प्रस्तावका विषयमा उहाहरुबीच छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीको प्रस्तावलाई लिएर नेताहरु विभाजित बन्नु भएको छ ।सबैले महा’धिवेशन नै मुल ठाउँ भएको बताएपनि कहिले गर्नेमा वि’वाद रहदै आएको छ । नेकपाकै एक खेमाका दो’स्रो तहका नेताहरु अझैपनि ओलीले अध्यक्ष र प्रधानमन्त्रीबाट राजि’नामा दिनुपर्ने भारतीय ए’जेण्डा बोक्दै आईरहनु भएको छ ।

तर, मुल नेतृ’त्व भने राजिनामाको विषयमा पछाडी हटिसकेको छ । प्रधानमन्त्री ओलीले प्रचण्डलाई विभिन्न वि’कल्प दिएपनि गुटमा नि’र्णय गर्नुपर्ने द’वावमा रहनु भएका उहाले ठोस निर्णय गर्न सक्नु भएको छैन । व’रिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई पनि मनाउनुपर्ने कारणले उहा निर्ण’य गर्ने क्ष’मताबाट ब’ञ्चित रहेको नेकपाकै कतिपय नेताहरु बताउछन्।

पूर्व माओ’वादीबाट आएका स्थायी कमिटी सदस्यले पनि प्रचण्डलाई मिल्न द’बाव दिएपछि अहिले उहाँ अप्ठे’रोमा पर्नुभएको छ । दुई अध्यक्षले विभिन्न को’णबाट सहमतिको प्रयास गर्नुभए पनि अहिलेसम्म ठोस सहमति बन्न नसकेको अध्यक्षका सचिवालयको भनाई छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?