मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

उपसभामुखलाई राजीनामा गराउने नेकपा सचिवालयको निर्णय

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई पदबाट राजीनामा गराउने निर्णय गरेको छ। शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको हो।

नेकपाबाट उपसभामुख बनेकी शिवमायालाई राजीनामा गराएर सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।‘आजको सचिवालय बैठकले प्रतिनिधिसभामा रिक्त सभामुख पदको सन्दर्भमा निर्णय गरेको छ’, बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘रिक्त पदमा हाम्रो पार्टी नेकपाको तर्फबाट उम्मेदवारी दिनेछ, त्यसका लागि हाम्रो पार्टीका तर्फबाट उपसभामुख पदमा निर्वाचित माननीय शिवमाया तुम्बाहाङफेले राजीनामा दिने निर्णय गरेको छ।’ उपसभामुखले राजीनामा दिएपछि मात्र सभामुख को बन्ने भन्ने टुंगो लाग्ने श्रेष्ठको भनाइ छ। सभामुखको टुंगो नलाग्दा पुस ४ गतेपछि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन। पुस ११ र १६ गते सूचना टाँसेर बैठक स्थगित भएको थियो। अर्को बैठक आइतबार बस्दैछ। नेकपाले शिवमायालाई राजीनामा गराएर सभामुखको टुंगो लगाउने तयारी गरेको छ। सभामुखको दौडमा नेकपाभित्र पूर्वएमालेको तर्फबाट सुवास नेम्वाङ र पूर्व माओवादीको तर्फबाट अग्नी सापकोटा र पम्फा भुसालको नाम चर्चामा छ। सभामुख र उपसभामुख एउटै पार्टीको नहुने संवैधानिक प्रावधानले गर्दा उपसभामुखलाई राजनिामा गराएर नेकपाले सभामुखको निर्वाचनमा जाने तयारी गरेको हो।

पार्टी निर्णय थाहा छैन, राजीनामा दिन्‍नँ : उपसभामुख तुम्बाहाङफे
उपसभामुख शिवमाया तुम्बाहाङफेले पार्टी निर्णय आफूलाई थाहा नभएको बताएकी छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिए लगत्तै उपसभामुख तुम्बाहाङफेले निर्णयबारे आफूलाई थाहा नभएको भन्दै राजीनामा नदिने बताएकी हुन्।
पार्टी सचिवालय बैठकले राजीनामा गराएर सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ अब के गर्नुहुन्छ भन्ने अन्नपूर्णको प्रश्नको जवाफमा उनले राजीनामा नदिने बताएकी हुन्। ‘पार्टी निर्णयबारे मलाई केही जानकारी छैन’, तुम्बाहाङफेले भनिन्, ‘म राजीनामा दिन्‍नँ।’

नेकपाबाट उपसभामुख बनेकी शिवमायालाई राजीनामा गराएर सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी नेकपा सचिवालयले केहीबेरअघि उनलाई राजीनामा गराउने निर्णय गरेको छ। उपसभामुखको राजीनामा पछिमात्र सभामुखको टुंगो लाग्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सभामुखको टुंगो नलाग्दा पुस ४ गते सुरु भएको हिउँदे अधिवेशनको बैठक फेरि बस्न सकेको छैन। पुस ११ र १६ गते प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो। अर्को बैठक आइतबार बस्दैछ। नेकपाले शिवमायालाई राजीनामा गराएर सभामुखको टुंगो लगाउने तयारी गरेको छ।

सभामुखको दौडमा नेकपाभित्र पूर्वएमालेको तर्फबाट सुवास नेम्वाङ र पूर्व माओवादीको तर्फबाट अग्नी सापकोटा र पम्फा भुसालको नाम चर्चामा छ। उपसभामुख तुम्बाहाङफेसमेत सभामुखको दाबेदार हुन्।सभामुख र उपसभामुख एउटै पार्टीको नहुने संवैधानिक प्रावधानले गर्दा उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखको निर्वाचनमा जाने तयारी गरेको हो।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?