मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पूर्वराजाले भने- अभिव्यक्तिलाई कुण्ठित पार्ने प्रयास नहोस्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने काम कतैबाट हुन नहुने बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले परस्पर प्रेम, एकता र सद्भावका निम्ति आग्रह

गरेका छन् ।‘जनमानसमा के छ, के भइरहेको छ भन्ने सबैमा स्पष्टै छ,’ उनले सन्देशमा भनेका छन्,’राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने प्रयास कतैबाट पनि हुनु हुँदैन ।’उनले नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनुपर्ने बताएका छन् । उनले देशको सबै भूभागको रक्षा र नेपाली जनताको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने पनि सन्देशमा उल्लेख गरेका छन् । पृथ्वीनारायाण शाहका दिव्योपदेश अहिले पनि महत्वपूर्ण र सान्दर्भिक रहेको ज्ञानेन्द्रले बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह

मलाई भरोसा छ विप्लव पनि मूल घरमै फर्किने ठाउँमा पुग्नुहुन्छ : प्रचण्ड
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई मूल घरमा फर्किएर समाजवाद निर्माणमा सहयोग गर्न आग्रह गरेका छन्। शनिबार विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीलाई सत्तारुढ नेकपामा भित्र्याउँदै प्रचण्डले यस्तो बताएका हुन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल

‘मलाई लाग्छ भोलि विप्लव पनि मूल घरमै आउनुपर्छ। आउन ढिला गर्नु भयो भने उहाँलाई फाइदा गर्दैन्। कसैलाई पनि फाइदा गर्दैन्’ प्रचण्डले भने ‘मलाई भरोसा छ विप्लव पनि (कार्की जसरी) मूल घरमा आउनुपर्ने ठाउँमा पुग्नुहुन्छ।’ प्रचण्डले समाजवाद निर्माण गरेर नयाँ मोडेल बनाउनुपर्ने बताउँदै विप्लव पनि सत्तारुढ नेकपामा फर्किन जरुर रहेको बताए। ‘बाँकी रहेका साथीहरु पनि अप्ठ्यारो नमानी मूल घरमा फर्किनुस्’ प्रचण्डले भने ‘समाजवाद निर्माणको लागि एकै ठाउँमा हुनु जरुरी छ। समाजवाद निर्माणबारे कम्युनिस्ट नाम भएका सबै पार्टी एकै ठाउँमा आएर नयाँ मोडल विकास गर्नुछ।’

‘अहिले देशमा स्थिर सरकार छ। हामी विकासको सम्वृद्धिको अभियानमा लागेका छौं’ उनले अगाडी थपे ‘चाहे जनआन्दोलनका क्रममा विभाजित भएका कम्रेडहरु हुन् या जनयुद्ध लडेका साथीहरु ढिला चाँडो सबै एक ठाउँमा केन्द्रीत हुने वातारवण बन्छ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed