मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

राष्ट्रपतिद्वारा मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा हिमानी शाहलाइ गरिएको प्रस्ताव अस्विकार !

राष्ट्रपतिद्वारा मनोनित गर्ने राष्ट्रिय सभाको सदस्यमा हिमानी शाहलाइ गरिएको प्रस्ताब (हिमानी शाह) राजपरिवारले अस्वीकार गरेको छ । राष्ट्रिय सभाको रिक्त एक सदस्यमा केही समयअघिबाट शाही परिवारकी हिमानी शाहलाई मनोनित गर्न सरकारले कदम चालेेेेको थियो । राष्ट्रपतिद्वारा मनोनित गरिने राष्ट्रिय सभाको उक्त कोटामा समाज सेवामार्फत मुलुकलाई योगदान गरेको आधारमा शाहलाई मनोनित गर्न सरकार आफै लागिपरेको थियो ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै चाहेको स्रोतले उल्लेख गरेको छ । सुरुमा सरकारका तर्फबाटै यस्तो प्रस्ताब गएको हो । तर हिमानीले के गर्छिन भन्ने उनको स्वतन्त्रताको कुरा भयो तर उनले स्वीकृति दिइन भने राष्ट्रिय सभाको सदस्य बन्ने संभाबना प्रबल थियो तर त्यसो भएन । हिमानी शाहले अस्वीकार गर्नुभयो ।


मुलुकमा आज पनि राजसंस्थाप्रति आस्था राखेका जनमत निकै ठूलो छ । राजसंस्थाको अन्त्यपछि यो जनमत असंगठित भएको भएतापनी अहिले राजसंस्था प्रती जनता सकारात्मक छन् र राजसंस्था चाहाने जनता बढ्दोक्रममा छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?