मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

रबि लामिछाने सहित सीधाकुरा टीमलाई पाल्पामा भव्य स्वागत, हेर्नुहोस् यी ६ तस्वीरहरु

प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशको अपार आकर्षण’पछि न्यूज २४ टेलि’भिजनको लोक’प्रिय कार्यक्रम ‘सीधाकुरा जनतासंग’को यात्रा प्रदेश नम्बर ५ प्रवेश गरेको छ ।

पाल्पाको ढाकामा सुसज्जित रबि लामिछाने

कोरोना भाइरस महामा’रीको संक्रमण र बाढी पहिरोको त्रासबीच जनताको घरदैलो अभियान सुरु गरेको सीधाकुरा जनता’संगले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्ड’की प्रदेशमा आफ्नो उपस्थिति प्रभावकारीरुपमा जनाइसकेको छ ।

सीधाकुरा जनतासँगको भोलि (विहीबार)को एपिसोड प्रदेश ५ बाट प्रत्यक्ष प्रसारण हुँदैछ । यस्का लागि प्रदेश ५ का दर्श’कहरुले ९८०१५७२४२४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । विकास र समस्याका कतिपय मुद्दामा राज्य’को नजर पर्न नसके’को र जनताको गुनासो सुन्ने निकायहरु मौन बसिदिएको अवस्थामा सीधाकुराले यिनै आवाज र गुना’सोहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

गण्डकी प्रदेशमा रहेको पुल

प्रदेश १ र प्रदेश २, बागमती प्रदेश र गण्ड’की प्रदेशका जनताहरु आफ्ना समस्या र गुनासो बोकेर सर्वसाधारण न्यूज २४ को घरदैलो अभियानमा होमिएका थिए । ठूलो संख्या’मा उपस्थित उनीहरुले स्थानीय समस्या र आफू’हरुमाथि आइपरेको अन्यायमा आवाज उठाइ दिन न्यूज २४ समक्ष अनुरोध गरेका थिए ।

कोरोना भाइरस कोभिड १९ को महामा’रीको ‘कारण आम जनता आफ्नो गुनासो गुम्साएर आ–आफ्नै घरमा बस्न विवश भएको अवस्थालाई चिर्दै न्यूज २४ को ‘सीधाकुरा जनता’संगको टोली जनताको घर दैलोमा पुग्ने अभियान आरम्भ गरेको हो ।

गत असार २८ गतेदे’खि प्रदेश १ बाट सुरु भए’को यस घरदैलो अभियान सातै प्रदेशमा पुग्नेछ । यस यात्राको क्रममा सीधाकुरा जनतासंग कार्यक्रम प्रदेश १ को इलाम , झापा, सुनसरी, प्रदेश २ को जनकपुर र बीरगञ्ज, बागमती प्रदेश’को चितवन, गण्डकी प्रदेश’को कास्की र बागलुङबाट प्रसारण भइसकेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?