मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पाकिस्तानले कश्मीर समेटेर नक्सा ल्यायो, नेपालले टिस्टादेखि सतलजसम्म समेटेर ल्याउनुपर्छ सहमत हुनेले सेयर गरौ!

पाकिस्तानले भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले टिस्टादेखि सतलजसम्मको भूमि समेटेर नक्सा सार्वजनिक गरिनुपर्ने बताएका छन्।

पाकिस्तानले नयाँ नक्सा सार्वजनिक गरेको विषयमा टिप्पणी गर्दै नेपालले पाकिस्तानका प्रधानमन्त्री इमरान खानकोको कडा कदम बाट ओलीले पनि केहि सिक्नुपर्ने बताएका हुन्।नयाँ नक्सा सार्वजनिक गरेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देशभरि नक्साको प्रयोग गर्न आह्वान गरेको विषयले ओलीलाई नैतिक बल प्राप्त हुने अध्यक्ष नेपालको विश्लेषण छ।

“टिस्टादखि सतलजसम्मको राजनीतिक नक्सा निकालियोस् ! नेपालको मित्रराष्ट्र पाकिस्तानले अगस्त ४ का दिन इन्डिया प्रशासित काश्मीर तथा जूनागढलाई समेटेर उसको राजनीतिक नक्सा प्रकाशन गरी त्यहाँका प्रधानमन्त्री इमरान खानद्वारा देशभरि यसको प्रयोग गर्न आदेश दिएको घटनालाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले गम्भीरतापूर्वक लिएको छ ।

यसबाट नेपाल सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिस्टादेखि सतलजसम्मको ग्रेटर नेपालको राजनीतिक नक्सा प्रकाशन गर्न नैतिक बल प्राप्त हुने कुरामा मोर्चा अआशावादी रहेको छ ।नेपालले फेसबुकमा लेखेका छन्।

प्रधानमन्त्री इमरान खानले बुधबार छिमेकी भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका थए। उक्त नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र पाकिस्तानको भूभागमा समेटिएको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?