मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मन्त्री ज्युहरू !! कि सिहंदरबार छिरे पछि त्यति जनताको पिर मर्का देखिदैन र ?,,, देशमा यस्तो आपतबिपत आउदा पनि किन कुर्सीको लागि हानाथाप..:- रबि थापा

1 min read

रबि थापा,स्याङ्जा :बिश्वब्यापी रूपमा फैलिएको को’रोना भाइ’रस ( कोबिड१९)ले गर्दा नेपालीको जीवनमा एकदमै ठूलो तनाव सिर्जना गरेको छ ।अनि ठिक यति बेलै देशको हरेक चोकचोकमा ,बाटोमा र हरेक घर घरको कोठाबाट नै नेपालीहरूले सरकारले कोरोना भाइरस सँग गरेको लडाइँमा भएको लापरबाही र अनियमितताको बारेमा चर्को स्वरमा आ’न्दोलन भई रहेको छ।

त्यति मात्र नभई एक घुड्की पानी पनि नखाई Enough is Enough टिमका अभिनेताहरू को’रोना भा’इरसको लडाइँमा ला’परबाही नहोस् भनेर अन्सन बसेको पनि आज लागबग २०दिन पुग्यो ।तर सरकारले भने ती युवाको आवाज नसुनि आफ्नै मात्र सुनेर उल्टो सम’स्याको पहाड नै नेपाली जनताहरूमा थुपारी दिएको छ ।आखिर ति युवाको माग के थियो र ,न त उनीहरूको कुनै स्वार्थ थियो ,न त उनीहरूले आफ्नो लागि धन सम्पत्ति मागेका थिए ,मात्र यो थियो कि कोरो’ना भाइ’रस परिक्षण गर्दा १००% पिसिआर विधि बाट गर्ने र क्वारेन्टाइनको राम्रो व्यवस्था होस् भन्ने उनीहरूको अन्सनको मुख्य माग थियो ।तर सरकारले युवाहरूको कुनै पनि कुरा नसुनि कन आफ्नै मात्र ढाड सोझाउन तिर लाग्यो ।

देशमा यस्तो बि’पत्ति आएको बेला पनि को प्रधानमन्त्री हुने ,को पार्टी अध्यक्ष हुने र को कुर्सीमा बस्ने भनेर सत्ताको बाडफाड तिर बढी लागे ,बाढी पहिरोले ठाउँ ठाउँमा बिजोग बनाएर मानिसलाई एक छाक टार्न धौधौ भएको बेला पनि त्यहि फोहोरी राजनीतिमा ब्यस्त भए ।बिदेशमा अलपत्र परेका नागरिकको आवाज नसुनि राजनितीमा नै व्यस्त भए ,अझ भएन भनेर देशको सुनौलो भबिस्य खोज्न हिडेका युवाहरूको केही पनि नसुनि कुर्सीको लागि नै लड्न व्यस्त भए ।त्यसैले सरकार अब युवा जमातहरूलाई आफ्ना नातिनातिना खेलाए जस्तो खेलाउना नसोच्नु होस् ,देशका ८०% भन्दा बढि युवाहरू देशको अबस्था देखेर सडकमा ओर्लि सकेका छन् अब यो नसोच्नुहोस् कि यी केटाहरू दुई चार दिन कराउछन् अनि थाक्छन र थुपुक बस्छन् भनेर ,युवा ताती सके तपाईंहरूको दिनैदिनको राजनीति किचलो देखेर ।

किन नेता ज्युहरू तपाईंहरू भोट माग्ने बेलामा देशको बिकास गर्छौ जनताहरूको गुनासो सुन्छौ र युवाहरूको एकएक मागहरू लाई सम्बोधन गर्छौ भनेर नेता हुनुभएको होइन र? यदि त्यसो भएको भए किन ती युवा जसले यो यो भएन भनेर आ’न्दोलनमा उत्तिरन्छन तिनीहरूलाई लाठी चा’र्ज गरेर मानसिक त’नाव दिएर किन बारम्बार जे’ल कोच्नु हुन्छ । तपाईंहरू ए सि मुनि बसेर पदको बाडफाड गरिरहेको बेला देशका होनहार युवा तातो सडक माथि आन्दोलनमा उत्रिएका छन्।मन्त्री ज्युहरू कि सिहंदरबार छिरे पछि त्यति जनताको पिर मर्का देखिदैन र ,त्यसैले हे मन्त्री ज्युहरू अब डेड बर्ष पछि फेरि चुनाव आउँछ ,जनताहरूले बुझि सके तपाईंको राजनीति ,त्यसैले भोट चाहिन्छ भने को’रोनाबाट जनतालाईल बचाउनु होस् नत्र तपाईंहरूको कुर्सी धरापमा पर्ला। डेलि न्युज नेपालबाट साभार 

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?