मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मलाई त प्रधानमन्त्री हुने हतारो पनि छैन, रुची पनि छैन तर ओलीजीले मैले भनेको सुन्नु नै भएन : प्रचण्ड

काठमाडौं:सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद पदका लागि नरहेको बताउनुभएको छ । उहाँले जारी विवाद पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि संघर्ष भइरहेको बताउनुभएको हो ।बुधबार पार्टीसम्बद्ध सञ्चारकर्मीसँग राजधानीको एक पार्टी प्यालेसमा भएको छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र पदको लडाइँ नरहेको भन्दै त्यसको खण्डन गर्नुभएको छ । प्रधानन्त्री एवं पार्टी अध्यक्ष ओलीले जारी विवाद पदका लागि भएको भन्दै प्रचार भइरहेकोप्रति चार जना शीर्ष नेताले खण्डन गरेर विधिसम्मत रुपमा पार्टी सञ्चालन गर्नुपर्नेमा माग गर्नुभयो ।

अध्यक्ष प्रचण्डले पार्टीभित्रको बहसलाई पदको निम्ति छिनाझपटी भनिएको विषयमा सत्यता नभएको बताउनुभयो । आफूहरुले नेतृत्व लिन नभई पद त्यागका रुपमा पार्टी एकता गरेको र आलोपालो सरकार चलाउने सहमतिसमेत छोडको बताउँदै प्रचण्डले भन्नुभयो– ‘मलाई त प्रधानमन्त्री हुने हतारो पनि छैन, रुची पनि छैन ।’ कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि स्थायी र केन्द्रीय कमिटीको एक र एक बैठकको अध्यक्षता गरेको स्मरण गर्दै ती बैठकले लिएका निर्णयहरु मूलभूत रुपमै सही भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?