मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मा’हामारी को समयमा पनि रोट्रयाक्ट क्लब अफ धरानले गर्यो उदाहरणीय काम,,,हेर्नुहोस् तस्बिर सहित।

1 min read

शुसान्त थापा,धरान
रोट्रयाक्ट क्लब अफ धरान घोपाले रक्षा बन्धनको अवसरमा आयोजना गरेको “रोटा बन्धन” नामक रचनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

साउन १४ देखि साउन १९ सम्म चलेको यस कार्यक्रममा प्रतिस्पर्धिहरुले आफ्ना भाइ तथा बहिनीहरुका लागि आफू भित्र रहेको कला, रचना र श्रमको मिश्रण देखाउने हस्तनिर्मित उपहारहरु बनाएर प्रस्तुत गरेका थिए ।

रक्षा बन्धनको पावन अवसर साथसाथै यस महामारीको बेलामा पाएको समय सदुपयोग गरी आफ्नो प्रतिभा देखाउन सबैलाई सुनौलो मन्च प्रदान गर्ने उद्देश्यले “रोटा बन्धन” कार्यक्रमको आयोजना गरिएको थियो। यस परियोजनाले अहिले आधुनिकतामा हराएको परिवेशमा हस्तनिर्मित उपहारहरुको आदन प्रदानलाई फैलाउने काम गरेको छ जसले हाम्रो संस्कृतिको समेत उत्थान भएको छ ।

यस परियोजनामा ४२ जना प्रतिस्पर्धिहरुले आफ्नो हस्तनिर्मित उपहारहरु ईमेल र वाट्सए्याप माध्यम मार्फत प्रस्तुत गरेका थिए जसमध्ये २० रोट्रयाक्टर, ४ इन्टर्याक्टर र बाँकी ननरोट्रयाक्टर थिए ।

सबै हस्तनिर्मित सामग्रीहरु मध्ये स्वच्छता, कलाकृति, रचनात्मकता, विशिष्टता, फोटो वा भिडियो खिचेको शैली, वर्णनको औचित्य र घरेलु उपयोगिता वस्तुहरूको प्रयोग जस्ता मापदण्डलाई ध्यानमा राखेर क्लबका जेष्ठ रोट्रयाक्टर सम्मेलित निर्णायक मण्डलको मूल्यांकनबाट विजेता घोषणा गरिए‍को थिय‍ो। सिनियर रोट्रयाक्टर अनुज लिम्बू र शिल्पा गुप्ताहरु मार्फत गरिएको निर्णयबाट रुसान्का जोसेफ कोट्टक्कालले पहिलो स्थान हासिल गर्दा काव्या एसआर दोस्रो र योगिशी साह तेस्रो हुन सफल भए ।

यस “र‍ोटा बन्धन”मा सम्मेलित प्रत्येक हस्तनिर्मित उपहारहरु उत्तम भएको तथा आफ्नै तरिकाले अनुपम भएको र सबै सहभागीहरूको ठूलो प्रयास र उल्लेखनीय योगदान को आफुले हार्दिक सराहना गर्ने क्लबका प्रोफ़ेस्नल डाइरेक्टर रो. सबिता शाह ले बताइन । हामी प्रत्येक सहभागीको अद्भुत र आश्चर्यजनक हस्तनिर्मित सामग्रीहरू देख्न पाउँदा धन्य छौँ; सबैको समर्थन, सहभागी, प्रोत्साहन र मद्दतले यस “रोटा बन्धन”ले सफलता पाएको छ, उनले थपिन ।

“सबै सहभागीहरूले समान रूपमा यस कार्यक्रमको आनन्द लिए र उनीहरूले हस्तनिर्मित सिर्जना देखाउँदा खुशी महसुस गरे। हामीलाई यस्ता कार्यक्रमहरू नियमित सञ्चालन गर्न अनुरोध गरिएको थियो र धेरै क्लबहरुले भविष्यमा यस्ता परियोजनाहरूको लागि सहयोग पुर्‍याउन इच्छा अघि सारेका छन् । हामी उहाँहरूको यस्तो कदरबाट हर्षित छौं ।”, क्लबको जनसम्पर्क अधिकारी रो. रुची आचार्य र रो. सुसान्त थापाले बताए ।

यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि मेचीमहाकाली डट नेट News लाई लाइक फलो गर्नुहोस्।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?