मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कोरोनाको खाेप बन्यो, रुसी राष्ट्रपति पुटिन की छोरीले लगाइन् खोप,,,,हेर्नुहोस्।

काठमान्डौँ:रुसले कोरोना भाइरस बिरुद्दको खोप पत्ता लगाएको घोषणा गरेको छ । रुसका राष्ट्रपति भाल्दमिर पुटिनले खोप दर्ता गरिएको र उनको आफ्नै छोरी यो खोप लगाउने पहिलो व्यक्ति भएको घोषणा गरेका हुन् ।

उक्त खोपले शरीरमा कोरोना भाइरस बिरुद्द रोग प्रतिरोधात्मक क्षमता विकास हुने राष्ट्रपति पुटिनले बताएका छन् । उक्त खोपको सबै आवश्यक परिक्षण गरिएको र व्यक्तिमा प्रयोग गर्न सकिने नतिजा आएपछि प्रयोग गर्न थालिएको पुटिनले बताए ।

पुटिनका अनुसार पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, शिक्षक र जोखिममा रहेका वर्गलाई दिईने छ । रुसको स्वास्थ्य मन्त्रालयले पनि यस खोपलाई आधिकारिता दिएको छ ।

कोरोनाको खोप बनाउने होडमा इजरायल, अमेरिका, चीन, भारत, युके लगायतका देश रहे पनि रुसले यसमा बाजी मारेको हो । यद्यपि यो खोपलाई विश्व स्वास्थ्य संगठनले भने आधिकारिता दिई सकेको छैन ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?