मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दुबै मृगौला पिडित २४ बर्षिय सन्तोष गैरे भन्छन्:’ म बाँच्न चाहन्छु , सहयोग गरेर मलाई बचाइ दिनुहोस्। ‘

काठमाडौं ,साउन ३०

मृगौला पिडित सन्तोष गैर

मेचीमहाकाली खबर ,अर्घाखाँचीको भुमिकास्थान नगरपालिका १० धनचौरका मृगौला पिडित सन्तोष गैरेले देश तथा बिदेशमा छरिएर बसेका सहयोगी मनहरूसंग सहयोगको लागी अपिल गरेका छन् ।
भुमिकास्थान १० धनचौर डडुवाका २४ वर्षिय गैरेका दुबै मृगौलाले काम गर्न छाडेपछि गौतम बुद्ध सामुदायिक मुटु अस्पत्ताल बुटवलमा उपचार भै रहेको छ उपचारका लागि धेरै रकम लाग्ने भएसँगै उनको आर्थिक अवस्था दयानीय भएकोले सन्तोष र उनको परिवारले सहयोगका लागी सार्वजनिक अपिल गरेका छन्।

आर्थिक अवस्था न्युन भएका उनका पिता नेत्र प्रसाद गैरेका तिन छोरी र सन्तोष एक मात्रै छोरा भएको र कमाउने भएको छोरो नै बिरामी भएपछी आफु निकै दुःखी भएको बताएका छन्।सन्तोष को परिबारको आम्दानीको अन्य श्रोत नभएका र उनको बुटवलमा महंगोमा उपचार गर्नु पर्ने भएकोले सरकार तथा आम नागरिकसंग सहयोगको अपेक्षा गरिएको हो।

यसैविच कलिलो उमेरमै प्रा’णघातक रोग लागेपछि युवकका आफन्त र गाउँलेहरुको हिजो सम्पन्न एक भेलाले सन्तोष बचाऔं अभियान नै चलाएर सहयोग उठाउने निष्कर्ष निकालेको हो।

आउनुस सन्तोष भाईको उपचार को लागी सबैजना मिलेर हातेमालो गरौ।

देश तथा विदेश मा रहनुहुने आमा बुबा दाजुभाइ दिदी बहिनी साथै सम्पूर्ण सहयोगी मनहरूले भाइको उपचारको लागि आफुले सकेको सहयोग गरिदिनु हुन डेलि न्युज नेपाल पनि सहयोगी मनहरु प्रति हार्दिक बिनम्र अनुरोध गर्दछौं।

सहयोग गर्न चाहनुहुने सहयोगि मनहरूले तल दिइएको खाता नम्बर मा आर्थिक संकलन गर्न सक्नुहुनेछ।

ग्लोबल आई:एम:ई बैँक शाखा सन्धिखर्क अर्घाखाँची खाता नम्बर 4907010013825

सहयोग को लागी बिस्तृत रूपमा बुझ्न तल दिईएका नम्बरमा सम्पर्क गर्नुहोस्।
9857061089
9857066448
9847361705
9842731424

️ सेवा नै धर्म हो !!!️( सन्तोष बचाउं अभियानमा सबैले सहयोग गरि जिवन रक्षाको लागि योगदान पुर्याउनु दिनु हुन बिनम्र अनुरोध गर्दछौं। ) तपाईंको एक रुपियाँ सहयोगले कसैको ज्यान बांच्न सक्छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?