मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सरकारले सक्दैन: आफ्नै खर्चमा पिसिआर कोरोना परीक्षण गर्नु,,,,हेर्नुहोस्।

काठमाडाैँ । स्वास्थ्य मन्त्रालयले अब सरकारले सबैको कोरोना परिक्षण गर्न नसक्ने संकेत गर्दै आफ्नै खर्चमा अनिवार्य पीसीआर परिक्षण गराउन उर्दी जारी गरेको छ । नेपालमा पछिल्लो समय कोरोना भाइरसकाे सं’क्रमण बढ्दै गएको भन्दै सरकारले यस्तो उर्दी जारी गरेको हो । व्यवसायी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न सरकारले सुचना जारी गरेको छ ।

सपिङ मल, रेष्टुरेन्ट, होटल लगायतका व्यवसायमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न सरकारले भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्तिमा जारी यस्ता व्यवसायमा संलग्न हुने र धेरै मानिसहरुको सम्पर्कमा आउने व्यक्तिमा को’रोना सं’क्रमणको जो’खिम धेरै हुने हुँदा अनियार्य पीसीआर जाँच गर्नुपर्ने जनाएकाे हाे।

नेपालका घना बस्ती भएका जिल्लाहरुमा विभिन्न सहरहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जो’खिम हुने अवस्था छ ।

त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने गराउने गर्नु गराउनु हुन अनुराेध गरिन्छ’ ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह – प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?