मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यदि प्रचण्डले आत्म’समर्पण गरेमा  नेकपा जोगिन्छ , नत्र भने प्रधानमन्त्री ओलिले पार्टी फुटा’उनेछन – मातृका यादव

काठमाडौ : सत्तारुढ नेकपाभित्रको वि’वाद ग’म्भीर मोडमा पुगेको छ।असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजी’नामा माग भएपछि सुरु भएको वि’वाद समा’धान गर्न भएका सबै प्रयास असफल हुँदै आएका छन्।

पार्टी विभाजनको खतरा रहेको भन्दै नेकपाका ६३ जना सांसदले नेतृत्व’लाई सचेत गराउन आइतबार हस्ताक्षर संकलन गरेका छन्।पार्टीभित्र देखिएको वि’वाद अन्त्यका लागि तत्काल केन्द्रीय कमिटीको बैठक माग गर्दै साउन १४ गते १ सय ५२ नेताले हस्ताक्षर बुझाएका थिए।

साउन २१ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका शी’र्ष नेताहरुले सञ्चा’रकर्मीलाई बोलाएर ओलीकै कारण पार्टीमा समस्या आएको बताएका थिए। त्यसयता वि’वाद च’र्किंदै गएको छ। केही दिन यता दुई अध्यक्षबीच संवाद पनि टुटेको छ।यस्तो अवस्थामा नेकपाको वि’वाद कुन दिशातर्फ जाला त?

स्थायी समिति सदस्य मात्रिका यादवले प्रचण्डले आत्मसमर्पण नगरे पार्टी फुट्ने दाबी गरे। आ’त्मसमर्पण ग¥र्‍यो भने विभाजन हुँदैन, व्यवस्थित गर्ने हो भने विभाजन हुन्छ,’ प्रचण्डनि’कट नेता यादवले भने, ‘पार्टीलाई विधि वि’धानमा चलायो भने ओलीले पार्टी फुटाउनुहुन्छ, उहाँसँग आ’त्मसमर्पण गर्‍यो भने तत्काल फुटबाट रोकिन्छ।अहिलेसम्म प्रचण्डले सहेकै कारण पार्टी फुटबाट जोगिएको उनको दा’बी छ।

स्थिति धेरै ग’म्भीर छ, ओलीले पार्टी फुटा’इसक्नु भएको हो, प्रचण्डले सहेर बसेर हो रोकिएको उनले थपे। तर, अर्का स्थायी समिति सदस्य भीम रावलले पार्टीमा ग’म्भीर गति’रोध आएपनि फुटिनहाल्ने बताए। संवाद नहुनुको अर्थ पार्टी फुट्न थालेको, विभाजन हुन थाल्यो भन्ने होइन,’ रावलले भने,‘ त्यस्तो अवस्था भएको छैन ।

तर, ठूलो समस्या र गति’रोध छ।’ पार्टी फु’ट्दैन तर, अन्तरवि’रोध च’र्केको अवश्य हो’ रावलले थपे, ‘संग’ठनात्मक रुपमा पनि पार्टीलाई विभाजन गर्ने अवस्था छैन, गुटबन्दी भने तल्लो त’हमा पुगेको छ।पार्टीभित्रको वि’वाद सैद्धा|न्तिक, वै’चारिक र संगठनात्मक वि’धिमाथिको मत’भेदसँगै पदका कारण पनि भएको उनले स्वी’कारे।

पदको कुरा पनि सँगै उठ्यो, यसबाट पार्टीलाई बाहिर ल्याएर समस्या समा’धान गर्नको लागि अ’ख्तियार प्राप्त व्यक्तिहरुले काम गर्नुपर्ने भएपनि आवश्यकता अनुसारको सम’झदारी र सं’वाद हुन सकिरहेको छैन,’ रावलले भने।प्रधानमन्त्री ओलीनि’कट स्थायी कमिटी सदस्य सत्य’नारायण मण्डलले भने पार्टी विभा’जनको संघारमा पुग्नुमा प्रचण्ड, खनाल, नेपाल र श्रेष्ठ जि’म्मेवार भएको आरो’प लगाए।

‘४ नेताहरुले जसरी अर्काको इशा’रामा ओलीको रा’जीनामा माग गरेका छन्, त्यो छाडेर उहाँहरु आफ्नो साइजमा आउनुपर्छ,’ उनले भने, महाधिवेशनसम्म सबै मिलेर जानुपर्छ। त्यसअघि प्रधानमन्त्री ओलीले रा’जीनामा दिनुहुन्न, मिल्दैन।उनले विभाजन रोक्न प्रयास भइरहेको र त्यो सफल नभए पार्टी फुट्ने खतरा टार्न नसकिने बताए।‘हामी पार्टी विभाजन हुनु हुँदैन भनेर त्यसलाई रोक्ने पक्षमा छौं।

हामीले थाम्दा थाम्दै पनि भएन भने पार्टी छोडेर जालान्,’ मण्डलले भने। सरकार र पार्टी स’ञ्चालनमा ओली अस’फल भएको भन्दै प्रचण्डसहितका बहुमत स्थायी कमिटीका सदस्यले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजी’नामा दिनुपर्ने बताउँदै आएका छन्।जसका कारण असार १८ गतेपछि नेकपाको स्थायी कमिटीको बैठक बस्न सकेको छैन।

साउन १३ गते ओलीले जबर्जस्ती स्थगित गरेको बैठक अध्यक्ष प्रचण्डले २९ जना स्थायी कमिटी सदस्य लिएर सञ्चालन गरेपछि नेकपाभित्रको वि’वाद फु’टतर्फ उन्मुख भएको आकलन गरिएको थियो।त्यसपछि ओली–प्रचण्डबीच एकहप्ता प्रत्यक्ष सं’वाद नै भएन।

साउन १८, १९ र २० गते वरिष्ठ नेता खनाल र स्थायी समिति सदस्य सुवास नेम्वाङलाई सँगै राखेर ओली–प्रचण्ड छलफलमा बसे। तर कुनै सम’झदारी हुन सकेन।के’न्द्रमा शीर्ष नेताहरुको वि’वाद च’र्किएपछि सबै जिल्लामा गु’टगत गतिविधि पनि हुन थालेका छन्। ओलीले मदन भण्डारी फाउ’न्डेसनको नाममा देश’व्यापी गु’ट चलाएको प्रचण्ड–नेपाल समूहको आ’रोप छ।अन्त’र्विरोध च’र्केको अवश्य हो ।

तर पार्टी विभाजनको भित्रभित्रै सबै चि’ज भइसक्यो भन्ने कुरा होइन,’ रावलले भने, ‘गु’टबन्दी’का स्व’रुपहरु देशव्यापी देखा परेको हुनाले गुटबन्दीले नै भोलि विभाजनको रुप लेला कि भन्ने चिन्ता र आशंका छ। मण्डलले भने प्रचण्डले कुरा फेरेका कारण भइसकेको सहमति भाँडिएको दाबी गरे।साउन ३ गते अध्यक्ष प्रचण्डले महा’धिवेशनमा जाने सहमति गर्नुभयो तर, केहीघण्टामै कुरा फेरेको कारण अहिलेको समस्या देखियो,उनले थपे।

साउन ३ गते बसेको सचिवालय बैठकमा मंसिरमा अ’र्ली महाधिवेशन गर्ने प्रस्ताव ओलीले राखेका थिए। त्यसमा प्रचण्डले पनि सहमति जनाएका थिए। तर, राष्ट्रपति विद्यादेवी भ’ण्डारीलाई साक्षी राखेर सहमतिमा हस्ता’क्षर गर्ने तयारी भइसक्दा ओलीले ‘जनताको बहु|दलीय ज’नवाद’ लाई पार्टी लाइन मान्नुपर्ने सर्त राखेपछि प्रचण्ड भड्कि’एका थिए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?