मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

वीरेन्द्रनगरमा स्वर्गीय राजा बिरेन्द्र को सालीक पुनःस्थापना गर्न राजकुमार शाही ठकुरी को अनुरोध,,,हेर्नुहोस्।

✍️✍️राजकुमार साही ठकुरी,
कर्णाली प्रदेश सुर्खेत बिरेन्द्रनगरको बिरेन्द्रचोकमा भएको देश र जनताका प्रिय राजा श्री ५ बडा महाराजधिराज बिरेन्द्र बिरबिक्रम शाहदेवको शालीक लाई संरक्षण गर्नुको साटो विभिन्न अनावश्यक मु’द्दाको भ्रम छरी,अनैतिक च’रित्र अगाल्दै बेवारिसे शैलीबाट भत्काई अमानवीय कार्य गर्नु हाम्रो स्वच्छ नेपालको इतिहास माथी मात्र प्रहार नभई देशको सार्बभौमसत्ता माथी अन्याय भएको, देशको अस्तित्वमाथी नै प्रश्न चिन्ह खडा भइरहेको अबस्थामा राष्ट्रबादी युवा राजकुमार शाही ले स्थानीय सरकारलाई ध्यानकर्षण गराउनु भएको छ।

उहाँले देशमा बढ्दो अराजकता प्रेस स्वतन्त्रता माथी हस्तक्षेप,लोकगीतमा हस्तक्षेप, जन्य देशमा निर्णय बिहिन ठप्प रहेको बेला ,हत्याहिंसाको संरक्षणमा बचाउ गर्दै सरकार जथाभावी नितिनियम बनाउदै हिडिरहेको अबस्थामा, ऐतिहासिक देश र जनताको मनमुटुमा बस्न सफल श्री ५ बडामहाराजधिराज बिरेन्द्र शाह का, विभिन्न सकारात्मक शैलीमा गरिएका स्मरण योग्यकार्य लाई सम्झीएर आगाडी बढ्नु भन्दा बिगतलाई बिर्सेर बर्तमानको अस्तित्व भबिस्यमा हुने खतरापुर्ण सेरोफेरो लाई बिर्सेर ठुलो भुलगरेको भन्दै उहाँले भन्नुभयो राजा बिरेन्द्रको शालीक हटाउन खोजिय हामी अधिनायकवाद शैली चरीत्र भएका नेतालाई देशबाट हटाईदिन्छौ” दुसप्रयास नगरियोस् साथै उहाँले स्थानीय सरकार र प्रदेश सरकारले राजा बिरेन्द्रले गरेको सुर्खेतको लागि गरेको स्मरणिय योगदान बिर्सनु हुँदैन मिल्दैन भन्दै राजाको शालिक पुन स्थापना गरि संरक्षणमा समयमै ध्यान दिन अनुरोध गर्नुभएको छ।

नेपालको परिस्थितिमा राजतन्त्र समाप्त भएपनि राजा बिरेन्द्रको योगदान नेपालको इतिहासमा गौरबिलो स्मरणको रुपमा सबै पुस्ताले नबिर्सने र भुल्न नहुने मुख्य बिषय बस्तु रहेको बताए, उपयुक्त विभिन्न संजालबाट सुझाव सहितको पहल हुँदाहुदै पनि स्थानीय नगर तथा प्रदेश सरकारले समयमै चासो नराखे, यस्तो किसिमको अमर्यादित शैलीबिरुद्ध चुपचाप कोहि नबस्ने बताउदै सो शालिक लाई पुनस्थापना गरी संरक्षण गर्न पर्छ ,यस्ता गलत निर्णयविरुद्ध प्रतिबद्ध भएर तमाम युवाहरू,संजालहरु र बिद्यार्थी आवाज एकीकृत भएर डटेर लाग्ने प्रतिबद्धता जनाउदै संरक्षण गरेर आगामी दिनमा अनैतिक कार्यलाई प्राथमिकतामा नराख्न समेत निर्देशन गर्नु भएको हो ।

एउटा सच्चा देशप्रेमी राजाप्रती नकारात्मक दृष्टिकोण छर्दै अहिलेको कम्युनिस्ट सरकारले विभिन्न ठाँउको राजाको सालिक भत्काउँदै नेपाली भुमी मिचुवा भारतिय गान्धी जयन्ती र मार्क्सवादि नेताहरुको जयन्ती मनाउँदै गरेको देखिन्छ जसले बाईसे चौबिसे राष्ट्रलाई एकीकरण गरेर विशाल नेपाल बनायेका थिये आफ्नोयराट्रपितालाई छोडेर परपुरुष नेपालप्रती घातक दृष्टिकोण राख्नेहरु प्रती ईनै तिम्रा पिताहुन भनी नेपाली जन्ताको आँखामा छारो हाल्ने काम भयेको धेरैजसो अ’न्धोभक्तहरु दुईचार पैसाको लो’भमा राष्ट्रपितालाई बिर्सेर राष्ट्रघाती प्रती कति सजिलै पछि पर्नसकेको हुन दया लागेर आउन्छ आफ्नो देश प्रती यस्तो समयमा सम्पुर्ण जन्ताहरु समबन्धित निकायले ध्याय पुर्यायोस भन्ने चाहन्छु !!!

लेखक: राज कुमार साही ठकुरी

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?