मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बिद्युत प्राधिकरणका निर्देशक कुलमान लाई नै पुन: निरन्तरता दिन जनताहरुको दबाब,,,

काठमाडौं। नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनले कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को कार्यकाल पनि दिन माग गरेको छ । नेपाल विद्युत् प्रधिकरणको ३५ औं वार्षिकोत्सव कार्यक्रममा युनियनका अध्यक्ष रामेश्वर पौडेलले कार्यकारी निर्देशकमा कुलमानलाई नै निरन्तरता दिन माग गरेका हुन् ।

४ वर्षको घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको अध्यक्ष पौडेलको भनाइ थियो । १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्दा ४ वर्ष अघि प्राधिकरणको ड्रेस लगाएर हिँड्न नसक्ने अवस्था थियो । यो अवस्थालाई सुधार गरेर प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फूलाएर हिँड्नसक्ने अबस्था अहिले बनेको छ ।

यो उहाँकै नेतृत्वमा सम्भव भएको हो ।सरकारले यसको मूल्यांकन अवश्य नै गर्नेछ,’ अध्यक्ष पौडेलले भने, ‘अर्को वर्ष ३६ औं वार्षिकोत्सव समेत अहिलेकै टीमसँग मनाउन पाइन्छ भन्ने हामीलाई विश्वास छ ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?